२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मन्त्रीको हैसियतमा दुबई पुगेका श्रममन्त्री भण्डारी भुतपूर्व बनेर फर्किँदै

२१ फाल्गुन २०८०, सोमबार ०८:३३

फागुन २१, काठमाडौं | सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसहितका दलसँग नयाँ गठबन्धन गर्ने सहमति गरेसँगै मन्त्रीको हैसियतमा दुबई गएका श्रममन्त्री भण्डारी भुतपूर्व बनेर फर्कने भएका छन् ।

एक रातमा भएको राजनीतिक उथलपुथलले देशको सत्ता समीकरण बदलिएपछि एकैसाथ थुप्रै मन्त्री भुतपूर्व बन्ने भएका हुन् ।


आबुधाबी डाइलगमा सहभागी भएर फागुन पहिलो साता नेपाल फर्किएका मन्त्री दुई सातापछि नै फेरि युएई भ्रमणमा गएका थिए । श्रम तथा रोजगार मन्त्री भण्डारी अहिले यूएईमा छन् । वैदेशिक रोजगार व्यवयायी संघले सरकारी खर्चमा आइतबार आयोजना गरेको ‘दुबई रोजगार मेला’को उद्घाटनका लागि उनी युएई पुगेका हुन् ।

 मन्त्रालय स्रोतका अनुसार श्रममन्त्री भण्डारी मंगलबार नेपाल फर्किने कार्यक्रम छ । तर, प्रधानमन्त्री प्रचण्डले सोमबार नै सबै मन्त्रीहरु हटाएर मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन् । काठमाडौंमा ओर्लिँदा उनको मन्त्री पद गुमिसकेको हुने छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य