Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मलाई उपयोग गर्न खोजे जुनसुकै बेला लात्तीले हानेर निस्कन्छु : प्रचण्ड

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २१, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादी शक्तिहरूको लागि आफू विश्वासनीय नभएको बताएका छन्।

शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिक्रियावादीहरुले आफूलाई उपयोग गर्न खोजे जुनसुकै बेलामा लात्तीले हानेर निस्कने बताए।

कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसँग सहकार्य थालेकै दिनमा प्रधानमन्त्री प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन्।

उनले भने- मलाई र मेरो नेतृत्वको आन्दोलनलाई प्राय मान्छे प्रतिक्रियावादीहरुले भन्ने गर्छन्। धेरै नै अविश्वसनीय। भन्ने नसक्ने कति बेला कता फड्किन्छ। बुझ्नै नसकिने मान्छे भन्छन्, तर, म त्यस्तो होइन। म नेपालका श्रमिक जनता, नेपालका महान् योद्धा, घाइते अपाङ्ग र राष्ट्रप्रति इमानदार छु म। त्यसका लागि म निरन्तर कायम छु। तर प्रतिक्रियावादीहरुले मलाई उपयोग गर्न खोजे भने पनि कुनैपनि बेला लात्तीले हानेर निस्कन सक्छु। त्यसकारण उनीहरूको लागि विश्वासनिय हुन पनि परेको छैन। त्यसैले आजको दिन नयाँ क्रमभंगको दिन बन्न पुगेको छ। त्यसैले एकताबद्ध हुनुको विकल्प छैन।