१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रविसहित को-को बन्दैछन् रास्वपाबाट मन्त्री ?

२३ फाल्गुन २०८०, बुधबार ०७:५७

फागुन २३, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मन्त्रीका लागि हानथाप देखिएको छ । उपप्रधान तथा गृह मन्त्रालयलाई बटमलाइन बनाएको रास्वपाले चार मन्त्रालयमा दाबी गरेको छ । रास्वपाले सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्रीका लागि अगाडि सारेको छ । 

उपसभापति डोलप्रसाद अर्याल विनाविभागीय रुपमा सरकारमा सहभागी भइसकेका छन् । बाँकी दुई मन्त्रीका लागि संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सहमहामन्त्री सुमना श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारको नाम चर्चामा छ । 


रास्वपा स्रोतका अनुसार उपसभापति स्वर्णिम वाग्लेले प्रत्यक्ष निर्वाचितलाई मात्र मन्त्री बनाउनुपर्ने प्रस्ताव अगाडि सारेका थिए । तर, सभापति लामिछानेले अर्याललाई सरकारमा पठाएर वाग्लेको प्रस्ताव लत्याइदिए ।

त्यसपछि वाग्लेले समावेशितालाई हेरेर मन्त्री बनाउनुपर्नेमा जोड दिएको बुझिएको छ । स्रोतले भन्यो, ‘एक जना जनजातिलाई मन्त्री बनाउने कुरा छ । त्यसो हुँदा विराजभक्त वा सुमना श्रेष्ठमध्ये एउटा मन्त्री बन्नुहुन्छ ।’  विराजभक्त मन्त्री बनेको खण्डमा एउटा महिला सांसदलाई मन्त्री बनाउने रास्वपाको तयारी छ । जसमा पार्टीभित्र सोविता गौतमको नाम चर्चा छ ।

सुमना मन्त्री बन्दा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार मन्त्री बन्ने सम्भावना उच्च रहेको स्रोतले बतायो । रास्वपाले मन्त्री छनोटमा समावेशिताको विषय छलफलमा ल्याएपनि चर्चामा अहाएका नामहरु सबै बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी