2026-07-26 11:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

रेखाको उपहारलाई दर्शकको साथः हल हाउसफुल

फागुन २५, काठमाडौँ | आजबाट शुक्रवारबाट प्रदर्शनमा आएको नायिका रेखा थापाको फिल्म उपहारले दर्शकको उल्लेख साथ पाएको छ ।

फिल्मको उत्कृष्ठ टेलर र रेखाको लामो सयमपछि फिल्म  आएकै कारण पनि पहिलो दिनमै उल्लेख माया र दर्शकको साथ पाएको हो । 

चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजाले  भने, हलहलमा फिल्मले दर्शक तान्न सफल भएको छ, यो खुसीको कुरा हो ।’ 

विशेषतः फिल्मलाई सबै बर्गले  वर्गले रुचाएका छन । रेखा र मुकुनको जोडीको तारिफ भएको छ ।

काठमाण्डौंका अधिकासं जसो हल हाउसफुल रहेको निर्माण पक्षले बताएको छ । अष्टनारायण लबिम मल, बीग मुभिजमा चलचित्रले पाएको काठमाण्डौ बाहिरका चितवन, पोखरा, बुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि दर्शकको उपस्थिति आक्रामक देखिएको निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी बताए ।

आर्थिक मन्दिका बाबजुद पनि दर्शकहरु चलचित्र हेर्न आउनु सुःखद् कुरा हो, निर्देशक देउजा थप्छन ‘चलचित्रलाई दर्शकले मन पराउनुभएको छ, हामी सम्पुर्ण चलचित्र टिम खुसी छौं ।’ फिल्मका कार्यकारी निर्माताबलराम शाही ठकुरीले दर्शकको साथप्रति कृतज्ञ रहेको बताए । उनले धेरै समयपछि दर्शकलाई राम्रो  चलचत्रि दिन सफल भएको महसुस भएको बताए । 

यो चलचित्रले समसामयिक विषयवस्तुलाई निकै नै रमाइलो तरिकाले उठाएको छ । फिल्मको  पहिलो हाफमा कमेडी भरपूर छ । दोस्रो हाफमा भने गम्भीरतालाई केन्द्रमा राखिएको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्र ‘उपहार’मा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा, सुष्मा कार्की लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ