-देवराज पुरी
नेपाललाई सन् २०१७ सम्म खुल्ला दिसा मुक्त मुलुक घोषणा गर्ने भनी सघन रुपमा अभियानात्मक कार्यक्रमहरु संच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

-देवराज पुरी
नेपाललाई सन् २०१७ सम्म खुल्ला दिसा मुक्त मुलुक घोषणा गर्ने भनी सघन रुपमा अभियानात्मक कार्यक्रमहरु संच"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पूर्ण सरसफाई अभियानमा महिला सहभागिता

५ कार्तिक २०७३, शुक्रबार ०४:३७


-देवराज पुरी
नेपाललाई सन् २०१७ सम्म खुल्ला दिसा मुक्त मुलुक घोषणा गर्ने भनी सघन रुपमा अभियानात्मक कार्यक्रमहरु संचालन गरिएका छन् । जिल्ला जिल्लामा सरसफाईलाई ब्यापकता दिन थुप्रै गतिबिधिहरु संचालन भईरहेको अबस्था  छ । यसै अभियान अन्तर्गत हाल सम्म थुप्रै जिल्लाहरु खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भइसकेका छन् । यसै क्रममा पर्बत जिल्ला देशकै छैठौ खुल्ला दिसा मुक्त जिल्लाको रुपमा घोषणा भइसकेको छ भने धौलागिरी अंचल देशकै पहिलो खुल्ला दिसा मुक्त अंचलको रुपमा सरसफाईको इतिहासमा नाम दर्ज गरीसकेको छ । हामी धौलागिरी अंचलबासी अनि पर्वत बासी आम नागरिकहरु खुल्ला दिसा मुक्त घर , वस्ती , गाउँ , क्षेत्र घोषणा पश्चात यसको दिगोपनाको कुरा बडो ख्याल गरिरहनु पर्ने देखिन्छ ।


कामको खोजीमा युवाहरु देश बाहिरिने ताँती बढ्दो छ । जति नै राजनैतिक परिबर्तन भएतापनि नेपाली समाजमा युवाहरु पातलिने क्रम घटेको छैन । ग्रामिण समुदायमा त मान्छे मरेमा बोक्ने समेत युवा नभएको अबस्था छ । मरे मलामी ,जिए जन्त समाजमा के मलामी के जन्ती पुरुष युवा नभए पछि महिला नै जानुको बिकल्प छैन । यहितितो यथार्थताका वीच ग्रामिण समुदायमा महिलाहरुको बाक्लो बसाई छ । पढ्ने स –सानाभाई बहिनीहरुको संख्या पनि उत्तिकै उल्लेखनिय छ । यिनै समुहलाई सरसफाई तथा स्वास्थ्य सम्बन्धी गहिरो चेतना महशुष हुने गरी फैलाउन सकेमा कार्यक्रमको प्रभावकारिता रहन सक्छ । गर्न खोजिएको कुराले सफलता पाउन सक्छ । चुलोको काम , गोठको काम , घर सरसफाईको काम महिलाले मात्रै गर्नु पर्छ भनेर छैठीको दिनमा भावी द्धारा लेखिएको त होईन नी? समाजमा विधमान पितृसत्तात्मक सोंचलाई चिर्दै हरेक घर घरमा कामको बाँडफाँड गरी घर चलाउनु पर्छ । महिलाले मात्रै काम गर्ने पुरुषले नगर्ने भन्ने हुदैन । एउटा घर सबै क्षेत्रबाट उज्यालो बनाउने हो भने सरसफाईको कामको कुरा मात्रै होईन चुलो चौको देखि खेती ब्यबसाय सम्म घरमा रहेका सबैको यथोचित भूमिका हुनुपर्छ । त्यसो हुन सकेमा नमूना उदाहरणीय घर बनी सभ्य समाजको विकास गर्न सकिन्छ ।


नेपाली समाजम घरको समग्र सरसफाईको काम लगायतका भूमिकाहरुमा महिलाहरुको कृयाशिलता बढी नै रहेको हुँदा सरसफाईमा महिलामुखी सचेतना बृद्धि गराउन सके सरसफाईका गतिविधिहरुले थप तिब्रता पाउने कुरामा दुई मत छैन । विधालयका भाई बैनीहरु मार्फत सरसफाई सचेतना सूचना दिन सकेमा, सके सफागर्ने नसकेमा फोहोर पनि नगर्ने , फोहोरको सही ब्यबस्थापन गर्ने अनि सरसफाईका आनीबानीहरुमा सुधार गर्ने  ज्ञान छर्न सकेमा सरसफाईमा सुधार हुने थियो । आजकल के सामुदायिक वन समुह, विधालय ब्यबस्थापन समिति , खानेपानी उपभोक्ता समिति लगायतका संघ संस्थाहरुमा महिलाकै अगुवाई हुन थालेको छ । त्यसो त नेपालमा सभामुख महिला , राष्ट्रपती महिला , प्रधानन्यायधिस महिला भएको अबस्था छ । अबको विश्वमा महिलाहरुकै अगुवाइको विश्व हो भन्दा फरक पर्दैन । विश्वकै महाशक्ति राष्ट्रहरुमा समेत महिलाले अगुवाई गरिरहेका छन । महिलाहरुको अगुवाई गर्ने क्रम गुणात्मक रुपमा अगाडी बढीरहेको छ ।


युवाहरु कामको खोजीमा विदेश जाने अनि समाजमा भएका केहि पुरुषहरु पुरुष ठालुवाद ग्रसित ढलेको सिन्को नउठाउने प्रबृत्ति हाम्रो सामु छ । यस्तो स्थितिमा आफ्नो घर , गोठ ,बाटो , खोल्सा , बारी , धारा सफा गर्ने  कस्ले ?जस्ले घर धानेका छन , चुलो देखि चर्पी सम्म , धारा देखि बारी सम्मका कामलाई निमिट्यान्न पार्ने तिनै नारीको उल्लेखनिय भूमिकाले सरसफाईमा यो परिणाम आएको हो । साँच्ची नै सरसफाईमा नारीहरुको योगदान , उनीहरुको सकृयता प्रशंसनीय रहदै आएको छ । महिला स्वास्थ्य स्वयम सेविका , आमा समूह लगायतका अन्य समूहहरुले यस सरसफाई अभियानलाई निरन्तरतादिई रहेका छन् । सबै योगदान दायी नारीहरुलाई सम्मानपूर्बक सेलुट गरौ । काम मिलेर बाँडीचुडी फत्ते गरौ । सबैले सबैको कामको कदर गरौ ।


सरसफाई सचेतना अभिबृद्धि गर्ने थप कार्यक्रमहरु केन्द्रित गर्दै जन जन सम्म सरसफाईको सूचना पुराई परिणाम मुखी ब्यबहार समाजमा झल्कने वातावरण बनाउन सकिन्छ । तव मात्र नेपाली नागरिक निरोगी बनी आँफू र आफ्नो देशको सकारात्मक परिबर्तनमा २ , ४ ईटा थप्न सकिन्छ । अब नारीहरुको सकृयता सरसफाई अभियानको प्रचारमामात्रै नभएर त्यसलाई सार्थकता दिई पूर्ण सफल बनाउन मनोबैज्ञानिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । नारीलाई सुन्दरताको प्रतिकको रुपमा मानिन्छ । संसारको सबभन्दा सुन्दर चीज नारी पात्र हुन । पूर्ण सरसफाई अभियान सभ्यता र सुन्दरताको महत्वपूर्ण पाटो  पनिभएको हुँदा यस क्षेत्रमा नारी पात्रहरुको ब्यापक सहभागिता बनाएर लैजानु पर्ने आजको अति आबश्यक वास्तविकता हो ।  समाजमा रहेका सबै ब्यक्ति , तप्का क्षेत्र सबैले ठण्डा मन स्थितिले एक पटक  सोच्ने हो की ….?
(    लेखक देवराज पुरी जिल्ला विकास समिति , पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण पर्वत अन्तर्गत  फिल्ड संयोजक (अधिकृत)हुन् )




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने