-देवराज पुरी
नेपाललाई सन् २०१७ सम्म खुल्ला दिसा मुक्त मुलुक घोषणा गर्ने भनी सघन रुपमा अभियानात्मक कार्यक्रमहरु संच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

-देवराज पुरी
नेपाललाई सन् २०१७ सम्म खुल्ला दिसा मुक्त मुलुक घोषणा गर्ने भनी सघन रुपमा अभियानात्मक कार्यक्रमहरु संच"/>

2026-09-19 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पूर्ण सरसफाई अभियानमा महिला सहभागिता


-देवराज पुरी
नेपाललाई सन् २०१७ सम्म खुल्ला दिसा मुक्त मुलुक घोषणा गर्ने भनी सघन रुपमा अभियानात्मक कार्यक्रमहरु संचालन गरिएका छन् । जिल्ला जिल्लामा सरसफाईलाई ब्यापकता दिन थुप्रै गतिबिधिहरु संचालन भईरहेको अबस्था  छ । यसै अभियान अन्तर्गत हाल सम्म थुप्रै जिल्लाहरु खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भइसकेका छन् । यसै क्रममा पर्बत जिल्ला देशकै छैठौ खुल्ला दिसा मुक्त जिल्लाको रुपमा घोषणा भइसकेको छ भने धौलागिरी अंचल देशकै पहिलो खुल्ला दिसा मुक्त अंचलको रुपमा सरसफाईको इतिहासमा नाम दर्ज गरीसकेको छ । हामी धौलागिरी अंचलबासी अनि पर्वत बासी आम नागरिकहरु खुल्ला दिसा मुक्त घर , वस्ती , गाउँ , क्षेत्र घोषणा पश्चात यसको दिगोपनाको कुरा बडो ख्याल गरिरहनु पर्ने देखिन्छ ।


कामको खोजीमा युवाहरु देश बाहिरिने ताँती बढ्दो छ । जति नै राजनैतिक परिबर्तन भएतापनि नेपाली समाजमा युवाहरु पातलिने क्रम घटेको छैन । ग्रामिण समुदायमा त मान्छे मरेमा बोक्ने समेत युवा नभएको अबस्था छ । मरे मलामी ,जिए जन्त समाजमा के मलामी के जन्ती पुरुष युवा नभए पछि महिला नै जानुको बिकल्प छैन । यहितितो यथार्थताका वीच ग्रामिण समुदायमा महिलाहरुको बाक्लो बसाई छ । पढ्ने स –सानाभाई बहिनीहरुको संख्या पनि उत्तिकै उल्लेखनिय छ । यिनै समुहलाई सरसफाई तथा स्वास्थ्य सम्बन्धी गहिरो चेतना महशुष हुने गरी फैलाउन सकेमा कार्यक्रमको प्रभावकारिता रहन सक्छ । गर्न खोजिएको कुराले सफलता पाउन सक्छ । चुलोको काम , गोठको काम , घर सरसफाईको काम महिलाले मात्रै गर्नु पर्छ भनेर छैठीको दिनमा भावी द्धारा लेखिएको त होईन नी? समाजमा विधमान पितृसत्तात्मक सोंचलाई चिर्दै हरेक घर घरमा कामको बाँडफाँड गरी घर चलाउनु पर्छ । महिलाले मात्रै काम गर्ने पुरुषले नगर्ने भन्ने हुदैन । एउटा घर सबै क्षेत्रबाट उज्यालो बनाउने हो भने सरसफाईको कामको कुरा मात्रै होईन चुलो चौको देखि खेती ब्यबसाय सम्म घरमा रहेका सबैको यथोचित भूमिका हुनुपर्छ । त्यसो हुन सकेमा नमूना उदाहरणीय घर बनी सभ्य समाजको विकास गर्न सकिन्छ ।


नेपाली समाजम घरको समग्र सरसफाईको काम लगायतका भूमिकाहरुमा महिलाहरुको कृयाशिलता बढी नै रहेको हुँदा सरसफाईमा महिलामुखी सचेतना बृद्धि गराउन सके सरसफाईका गतिविधिहरुले थप तिब्रता पाउने कुरामा दुई मत छैन । विधालयका भाई बैनीहरु मार्फत सरसफाई सचेतना सूचना दिन सकेमा, सके सफागर्ने नसकेमा फोहोर पनि नगर्ने , फोहोरको सही ब्यबस्थापन गर्ने अनि सरसफाईका आनीबानीहरुमा सुधार गर्ने  ज्ञान छर्न सकेमा सरसफाईमा सुधार हुने थियो । आजकल के सामुदायिक वन समुह, विधालय ब्यबस्थापन समिति , खानेपानी उपभोक्ता समिति लगायतका संघ संस्थाहरुमा महिलाकै अगुवाई हुन थालेको छ । त्यसो त नेपालमा सभामुख महिला , राष्ट्रपती महिला , प्रधानन्यायधिस महिला भएको अबस्था छ । अबको विश्वमा महिलाहरुकै अगुवाइको विश्व हो भन्दा फरक पर्दैन । विश्वकै महाशक्ति राष्ट्रहरुमा समेत महिलाले अगुवाई गरिरहेका छन । महिलाहरुको अगुवाई गर्ने क्रम गुणात्मक रुपमा अगाडी बढीरहेको छ ।


युवाहरु कामको खोजीमा विदेश जाने अनि समाजमा भएका केहि पुरुषहरु पुरुष ठालुवाद ग्रसित ढलेको सिन्को नउठाउने प्रबृत्ति हाम्रो सामु छ । यस्तो स्थितिमा आफ्नो घर , गोठ ,बाटो , खोल्सा , बारी , धारा सफा गर्ने  कस्ले ?जस्ले घर धानेका छन , चुलो देखि चर्पी सम्म , धारा देखि बारी सम्मका कामलाई निमिट्यान्न पार्ने तिनै नारीको उल्लेखनिय भूमिकाले सरसफाईमा यो परिणाम आएको हो । साँच्ची नै सरसफाईमा नारीहरुको योगदान , उनीहरुको सकृयता प्रशंसनीय रहदै आएको छ । महिला स्वास्थ्य स्वयम सेविका , आमा समूह लगायतका अन्य समूहहरुले यस सरसफाई अभियानलाई निरन्तरतादिई रहेका छन् । सबै योगदान दायी नारीहरुलाई सम्मानपूर्बक सेलुट गरौ । काम मिलेर बाँडीचुडी फत्ते गरौ । सबैले सबैको कामको कदर गरौ ।


सरसफाई सचेतना अभिबृद्धि गर्ने थप कार्यक्रमहरु केन्द्रित गर्दै जन जन सम्म सरसफाईको सूचना पुराई परिणाम मुखी ब्यबहार समाजमा झल्कने वातावरण बनाउन सकिन्छ । तव मात्र नेपाली नागरिक निरोगी बनी आँफू र आफ्नो देशको सकारात्मक परिबर्तनमा २ , ४ ईटा थप्न सकिन्छ । अब नारीहरुको सकृयता सरसफाई अभियानको प्रचारमामात्रै नभएर त्यसलाई सार्थकता दिई पूर्ण सफल बनाउन मनोबैज्ञानिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । नारीलाई सुन्दरताको प्रतिकको रुपमा मानिन्छ । संसारको सबभन्दा सुन्दर चीज नारी पात्र हुन । पूर्ण सरसफाई अभियान सभ्यता र सुन्दरताको महत्वपूर्ण पाटो  पनिभएको हुँदा यस क्षेत्रमा नारी पात्रहरुको ब्यापक सहभागिता बनाएर लैजानु पर्ने आजको अति आबश्यक वास्तविकता हो ।  समाजमा रहेका सबै ब्यक्ति , तप्का क्षेत्र सबैले ठण्डा मन स्थितिले एक पटक  सोच्ने हो की ….?
(    लेखक देवराज पुरी जिल्ला विकास समिति , पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण पर्वत अन्तर्गत  फिल्ड संयोजक (अधिकृत)हुन् )




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई