१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

खाजा घरमा नाबालिकालाई मदिरा सेवन गराउँदै, यौनधन्दामा लगाउँदै

१ चैत्र २०८०, बिहीबार ०५:५७

फागुन ३० काठमाडौँ |  होटल तथा खाजा घर सञ्चालन गरी नाबालिकालाई यौनधन्दामा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा उदयपुर जिल्ला घर भई हाल काठमाडौं बस्ने ३८ वर्षीय हिरन राई छन्। उनलाई बुधबार मानव बेचबिखन तथा ओसारपसार ब्युरोले पक्राउ गरेको हो।

ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलका अनुसार गोकर्णेश्वर नगरपालिका-५ शिवचोकमा उनले कालिञ्चोक स्टाफ होटल तथा खाजा घर सञ्चालन गरिरहेका थिए।


फुयाँलका अनुसार उक्त होटलबाट दुई जना नाबालिकालाई उद्धार गरिएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार राईले आर्थिक अवस्था कमजोर भएका नाबालिकालाई होटलमा ल्याउने गरेका थिए।

ग्रामीण भेगका ती नाबालिका कम पढेलेखेका हुन्थे। उनले खाजा घरमा ल्याएर सरसफाइको काम लगाइदिने, आकर्षक तलब-सुविधा दिन्छु भन्ने गरेका थिए।

‘सुरूमा सफाइको काममै लगाउँथे, पछि फकाएर खाजा घरमा आएका ग्राहकसँग मादक पदार्थ सेवन गराउँथे,’ ब्युरो प्रवक्ता फुयाँल भन्छन्, ‘ग्राहकहरूसँगै खाने-बस्ने र बढी बिल उठाउने काममा लगाउने गरेको खुलेको छ।’

राईले खाजा घरमा आउने ग्राहकलाई बालिकाहरू रोज्न लगाउँथे। रोजेकी बालिकालाई शारीरिक सम्पर्क राख्न दबाब दिन्थे।

‘बालिकाहरूलाई खाजा घरमा कोठा निर्माण गरी सोही स्थानमा र ग्राहकको माग तथा परिस्थिति अनुसार पहिल्यै रकम लिई अन्यत्र समेत बेश्यावृत्तिका लागि पठाई आर्थिक लाभ खाजा घर सञ्चालकले लिने गरेको खुल्न आएको छ,’ फुयाँलले भने।  

यस घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजतलास तथा थप अनुसन्धान भइरहेको उनले बताए। राईलाई अदालतबाट हिरासतमा राख्न अनुमति लिई अनुसन्धान थालिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ