२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रेम प्रस्ताव नमानेपछि २१ वर्षीय छिमेकी युवकबाट सुष्माकाे हत्या

२०८०, ४ चैत्र आईतवार ०८:१३

चैत ४, काठमाडौँ | काठमाडौंको गोकर्णेश्वरमा एक युवकले प्रेम प्रस्ताव स्वीकार नगरेपछि छिमेकमा बस्ने युवतीको हत्या गरेका छन्। माघ २२ गते बिहान कलेज हिँडेकी १९ वर्षीया सुस्मा लामा घर नफर्किएपछि आफन्तले प्रहरीमा उजुरी गरेका थिए।

घटनाको झन्डै एक महिनापछि गोकर्णश्वर-३ तारेभिर नजिकै शिवपुरी जंगलमा फागुन २४ गते एक व्यक्तिको शव दुई वटा हात जमिनबाट बाहिर निस्किएको अवस्थामा भेटिएको थियो।

जुत्ता, कलेजको युनिफर्मलगायत आधारमा आफन्तले उक्त शव सुस्माको भएको सनाखत गरेका थिए। शव भेटिएको झन्डै १० दिनपछि प्रहरीले सुस्माको हत्या गरेको आरोपमा उनकै छिमेकी २१ वर्षीय रुपेन्द्र लामालाई पक्राउ गरेको छ।


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रुपेन्द्र संलग्न रहेको दाबी गर्दै आइतबार उनलाई सार्वजनिक गरेको छ।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार रुपेन्द्रले पटक पटक राखेको प्रेम गर्ने प्रस्ताव सुस्माले अस्वीकार गर्दै आएकी थिइन्।

माघ २२ गते बिहान घरबाट निस्किएकी सुस्मालाई पछ्याएका रुपेन्द्र अन्तिम पटक प्रस्ताव राख्ने र नमाने हत्या गर्ने योजनामा पुगेका थिए।

रुपेन्द्रले युवतीलाई ८ दिनदेखि पच्छ्याइरहेका थिए । तर ८ महिनादेखि उनी एकतर्फी प्रेममा थिए । युवतीले प्रस्ताव स्वीकार नगरेपछि घटना घटेको हो ।

‘सुस्माले आफू विदेश जाने योजनामा भएको र विवाहको कुनै मनस्थिति नभएको बताएपछि रुपेन्द्रले हातले टाउकोमा हानेर बेहोस बनाएको देखिन्छ। त्यसपछि मरेको आशंकामा खाल्डो खनेर पुरेको देखिन्छ’, एक अनुसन्धान अधिकारी भन्छन्।

मृतक युवतीको भित्र घाँटीभन्दा तलसम्म माटो भएका कारण उनलाई जिउँदै गाडिएको प्रहरीको आशंका छ।

घटनापछि रुपेन्द्रले मृतक युवतीको मोबाइल र पुस्तकहरू लिएर आफ्नै घर गएका थिए। सुस्माले विवाह गरेर भागेजस्तो देखाउन उनले एउटा नव विवाहित दम्पत्तीको तस्बिर एडिट गरेर त्यसमा सुस्माको फोटो राखेको र युवकको फोटो छोपेको अवस्थामा फेसबुकमा पोस्ट गरेको प्रहरीले दाबी गरेको छ।

सुस्माको फेसबुक अकाउन्टमा आफूले विवाह गरेको र केही दिनपछि आउने लेखिएको थियो। तर भोलिपल्ट उनका आफन्तले प्रहरीमा उजुरी गरेपछि माघ २६ गते रुपेन्द्रले आफूसँग भएको सुस्माको मोबाइलबाट उनकी दिदीलाई म्यासेज गरी किन प्रहरीमा गएको, आफूले विवाह गरेको जान्दा जान्दै भन्दै धम्की दिएकी थिइन्। त्यसयता प्रहरीले सुस्माको खोजी गरिरहेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए