कात्तिक ५, काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा २० करोड ५७ हजार रुपैयाँको लागतमा सौर्यबत्ती जडान प्रक्रिया अघि बढेको छ ।

काठमाडौँ महानगरप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ५, काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा २० करोड ५७ हजार रुपैयाँको लागतमा सौर्यबत्ती जडान प्रक्रिया अघि बढेको छ ।

काठमाडौँ महानगरप"/>

२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौँका मुख्य सडक झिलिमिली हुने

५ कार्तिक २०७३, शुक्रबार १२:०५


कात्तिक ५, काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा २० करोड ५७ हजार रुपैयाँको लागतमा सौर्यबत्ती जडान प्रक्रिया अघि बढेको छ ।

काठमाडौँ महानगरपालिकाले तीन भागमा विभाजन गरी एक वर्षभित्र एक हजार ८५ खम्बामा कामपाले आगामी एक वर्षभित्र उपत्यकाका प्रमुख सहरमा सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत सौर्यबत्ती जडान गर्न लागेको हो । 

उक्त कार्यका लागि कामपाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र बिके ट्रेडर्स सप्लायर्सका रञ्जनराज श्रीवास्तवले हस्ताक्षर गरिसकेका छन् । सम्झौतानुसार कम्पनीले एक वर्षभित्र महानगरका विभिन्न क्षेत्रमा सौर्यबत्ती जडान गरिसक्नुपर्नेछ। केही समयअघि सौर्यबत्ती जडानका लागि कामपाले आवेदन मागेको र जडानका लागि १५ कम्पनीले आवेदन दिएकामा विके ट्रेडर्स छानिएको हो। काठमाडौँका मुख्य सडकलाई उज्यालो बनाउने उद्देश्यका साथ सो कार्यक्रम अगाडि बढाइएको तामाङले जानकारी दिए । उक्त सुविधा जनताले बिनालगानी पाउने छन् । एउटा खम्बाका लागि एक लाख ५० हजार रुपैयाँ लाग्ने महानगरका खरिद एकाइ प्रमुख दीपक अधिकारीले जानकारी दिए । 

सौर्यबत्ती जडानका लागि आवश्यक पूर्वाधार तथा लागत सम्बन्धित कम्पनीले नै बेहोर्ने छ । निर्माणका लागि जिम्मा पाएको कम्पनीले खम्बामा विज्ञापन राखेर आम्दानी गर्ने छ। खम्बामा विज्ञापन राखेपछि कम्पनीले कामपालाई वार्षिक रुपमा विज्ञापन कर बुझाउनुपर्छ।

प्रत्येक वर्ष पाँच प्रतिशतका दरले बढ्ने सहमतिका साथ कम्पनीले एउटा खम्बाको वार्षिक आठ हजार ७ सय रुपैयाँ रोयल्टी बुझाउनुपर्ने छ । स्वीकृत प्रस्तावले एक वर्षको निर्माण अवधि बाहेक १० वर्षपछि सो सौर्यबत्ती, ब्याट्री तथा विज्ञापन स्वतः कामपाको हुनेछ ।

सौर्यबत्ती जडानका लागि महानगरले तीन छुट्टाछुट्टै खण्ड पहिचान गरेको छ। सोअनुसार कलङ्की, त्रिपुरेश्वरदेखि माइतीघर, केशरमहल चोकदेखि ठमेल, क्षेत्रपाटी हुँदै सोह्रखुट्टे, बालाजु चोक हुँदै नयाँ बसपार्कसम्म पहिलो खण्डमा ४०० बत्ती राखिने छ ।

त्यस्तै दोस्रो खण्डमा दरबारमार्गदेखि काठमाडौँ प्लाजा, कृष्ण पाउरोटी तथा गौशालामा राखिने छ। तेस्रो खण्डमा ज्ञानेश्वरदेखि मैतीदेवी, बत्तीसपुतली र डिल्लीबजार पुतली सडकमा जोडिने बताइएको छ। सो खण्डमा ३०० सौर्य बत्ती जडान गरिने प्रमुख तामाङले जानकारी दिए । 

त्यसैगरी पुरानो बानेश्वर, रत्नराज्य स्कुल हुँदै शङ्खमूल पुलसम्म, तीनकुने कोटेश्वर हुँदै नरेफाँट र पुरानो बानेश्वर, भीमसेनगोला हुँदै सिनामङ्गल चोकसम्म महानगरले पहिचान गरेको तेस्रो खण्डमा तीन सय ८५ खम्बा राखिने जानकारी कामपाले दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली