2026-07-26 11:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

म हिरो बन्छु भन्दा हाँस्थे, खिसी गर्थे : विपिन कार्की

चैत ८, काठमाडौँ | अभिनेता विपिन कार्की अहिलेका सफल अभिनेता हुन् । पात्रलाई जीवन्त बनाउन प्राय निर्माता तथा निर्देशकको रोजाईमा विपिन पर्ने गरेका छन् । तर, स–साना भूमिकामै आफ्नो कार्यकौशलता देखाएर दर्शकको प्रिय बन्दै गरेका विपिनले जात्रामा पाएको भूमिकामार्फत आफूलाई स्थापित गर्न सफल भए । 

‘छड्के’मा बिन्दु र ‘पशुपति प्रसाद’मा भष्मे डन जस्तो भूमिकामा प्रस्तुत भएका विपिनलाई निर्देशक तथा लेखक प्रदीप भट्टराईले एक इमान्दार, सङ्घर्षशिल फडिन्द्रको भूमिकामार्फत दर्शकसमक्ष ल्याए ।

विपिनले आफैँ पनि हिरो भन्छु भन्दा कसैले पत्याएनन् । ‘म हिरो बन्छु भन्दा धेरैले हाँसेर उडाए, खिसी गरे । तर, ती सबको प्रवाह नगर्दै मलाई निर्देशक भट्टराई र षट्कोण आर्ट्सले हिरो बनाए । त्यहि कारण मेरो अभिनय यात्रा यहाँसम्म आइपुगेको छ’, अभिनेता कार्कीले भने ।  

उनले ‘जात्रा’ शृङ्खलाकै रमाइलो र राम्रो फिल्म ‘महाजात्रा’ बनेको प्रति विश्वस्त रहन उनले आग्रह समेत गरेका छन् । प्रिमियरमा फिल्म हेरिसकेपछि रमाइलोसँगै यसपटक फिल्मकर्मीको दायित्व बहन गर्दै संदेशलाई समेत समावेश गरिएको उनले बताए ।  

‘जात्रा शृङ्खलाकै यो रमाइलो फिल्म बनेको छ । यसले हामीलाई हसाउने र रमाउनेसँगै दायित्व बोध गराउने फिल्म हो । फिल्म हेर्दा हासिन्छ, रोइन्छ, केही सिकिन्छ । दर्शकको समय र पैसाको पूर्ण सदुपयोग हुन्छ, म दावी गर्छु’, अभिनेता कार्कीले भने । 

विपिनले निर्वाह गरिरहेको भूमिका र उहाँको क्षमतालाई हेरेर ‘जात्रा’ मा लिईएको निर्देशक भट्टराईले बताए । ‘उहाँलाई प्राय फिल्ममा एकै किसिमको व्यक्तित्वको भूमिकामा देखिरहदा त्यस्तो मान्छेले इमान्दार व्याक्व्याक्तिको भूमिकालाई कसरी निर्वाह गर्न सक्छ भन्ने लगेर प्रस्तुत गरेका हौँ । उहाँसँग त्यस अगाडि नै टेलिफिल्ममा काम गरिसकेको थिएँ’, निर्देशक भट्टराईले भने । 

षट्कोण आर्ट्सको व्यानरमा निर्माण भएको फिल्ममा रिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’ लाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेका हुन् ।

  

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ