२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ब्राजिलियन फुटबलर रोबिन्हो बलात्कार मुद्दामा दोषी, ९ वर्षको जेल सजाय

२०८०, ८ चैत्र बिहीबार ११:०८

चैत ८, काठमाडौँ । एसी मिलान क्लबका पूर्व खेलाडी तथा ब्राजिलका स्ट्राइकर रोबिन्हो बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। उनलाई ९ वर्ष जेल सजाय तोकिएको छ ।

ब्राजिलको गैंरसंवैधानिक मुद्दाको लागि प्रचलित उच्च अदालतले यसअघि इटालीको अदालतले गरेको निर्णय वैध भएको ठहर गरेको छ।
सन् २०१७ मा इटालीको मिलानको अदालतले रोबिन्हो र अन्य पाँच ब्राजिलीलाई सन् २०१३ मा डिस्कोथेकमा अत्याधिक मात्रामा रक्सी खुवाएर सामूहिक बलात्कार गरेकोमा दोषी पाएको थियो।


सन् २०२० मा पुनरावेदन अदालतले सो सजायलाई पुष्टि गरेको थियो भने सन् २०२२ मा इटालीको सर्वोच्च अदालतले मान्यता दिएको थियो। रियल मड्रिड र म्यान्चेष्टर सिटीको लागि खेलेका रोबिन्हो ब्राजिलमा बस्दछन्।
उनले भने सो आरोप झुटो रहेको दाबी गर्दै आएका छन्। उनका वकिल जोश एडुआर्डो अल्कमिनले राष्ट्रिय सार्वभोमसत्ताको आधारमा ब्राजिलमा सो मुद्दालाई पुनः परीक्षण गर्न चाहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी