१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

टाइगर-३ पछि इमराख हाशमी अर्को फिल्ममा खलनायक, फस्ट लुक सार्बजनिक

११ चैत्र २०८०, आईतवार १०:०२

चैत ११, मुम्बई | बलिउडका चर्चित अभिनेता इमरान हाशमीले आज आफ्नो ४५ औं जन्मदिन मनाइरहेका छन् । 

इमरानले आफ्नो ‘सिरियल किसर’ छविबाट धेरै लोकप्रियता कमाए । कहिल्यै अभिनेता बन्न चाहने इमरान आज बलिउडमा मात्रै होइन, साउथ फिल्ममा पनि चर्चित हुन लागेका छन् ।

इमरान हाशमीको आगामी तेलुगु फिल्म  ‘दे कल हिम ओजी’ हिन्दीमा पनि रिलिज हुँदैछ। यस फिल्ममा इमरान हाशमीले खलनायकको भूमिका निभाएका छन । उनको फिल्मको फर्स्ट लुक सार्वजनिक भएको छ ।

इमरान हाशमीले फिल्म ‘दे कल हिम ओजी’बाट आफ्नो ‘फस्ट लुक’ सेयर गरेका छन् । उनले क्याप्सनमा लेखेका छन्,  ‘गम्भीर, तिमी बम्बई आउँदैछौ भन्ने सुनेको छु । म वाचा गर्छु, हामी मध्ये एक पक्कै टाउको काटिनेछ।’ यससँगै इमरानले पवन कल्याणलाई पनि ट्याग गरेका छन् ।

सुजितको निर्देशनमा बन्न लागेको चलचित्र ‘दे कल हिम ओजी’ मा पवन कल्याण महत्वपूर्ण भूमिकामा देखिने छन् । इमरान हाशमीको लुक हेर्दा यो फिल्ममा उनी खलनायकको भूमिकामा देखिने देखिन्छ । फिल्म ‘ओजी’ २७ सेप्टेम्बर २०२४ मा रिलिज हुँदैछ र फ्यानहरु यो फिल्मको उत्सुकताका साथ पर्खिरहेका छन् ।

बलिउडमा सिरियल किसरको रूपमा आफ्नो पहिचान बनाएका इमरान हाश्मीले पछिल्ला केही वर्षयता आफ्नो छवि परिवर्तन गरेका छन् । उनको पछिल्लो रिलिज ‘टाइगर ३’ थियो र यसमा पनि उनले खलनायकको भूमिका निर्वाह गरेका थिए । इमरानको लुक र अभिनयको सामाजिक सञ्जालमा निकै चर्चा भयो र मानिसहरूले उनको कामको तारिफ पनि गरिरहेका छन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण