२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

९ बुदेँ घोषणा पत्र जारी गर्दै प्रेस युनियनको सुदुरपश्चिम क्षेत्रिय सम्मेलन सम्पन्न

२०७३, ५ कार्तिक शुक्रबार १५:४८

ललित बोहरा/कर्तिक ५ ,डडेल्धुरा । नेपाल प्रेस युनियनको सुदुरपश्चिम क्षेत्रिय सम्मेलन ९ बुदेँ घोषणा पत्र जारी गर्दै शुक्रबार सम्पन्न भएको छ । नेपाल प्रेस युनियन सुदूरपश्चिमाञ्चल समन्वय समिति र नेपाल प्रेस युनियन डडेल्धुरा शाखाको आयोजनामा क्षेत्रिय सम्मेलन डडेल्धुरामा सम्पन्न भएको हो । सम्मेलनको उद्धघाटन सत्र र बन्द सत्रमा गरि मुलभूत ३ वटा बिषयबस्तुमा रहि छलफल गरिएको प्रेस युनियनका सुदूरपश्चिम क्षेत्रिय संयोजक लाल बहादुर ऐरीले जानकारी दिनु भएको छ । आवाज

    बिशेषगरि मुलभूत ३ वटा बिषयबस्तुमा सुदूरपश्चिममा चलिरहेको प्रेस युनियनको सङ्गठनात्मक गतिबिधिका बारेमा आवश्यक छलफल र अन्र्तक्रिया गर्दै भावि कार्ययोजना बनाउन, नेपाल प्रेश युनियनले बिगतका दिनहरुमा उठाएका मुद्धाहरुका बिषयमा दबाब सिर्जना गर्न र समग्र सञ्चार क्षेत्रका सञ्चारकर्मीका पेशागत मुद्धाका बिषयमा धारणा बनाउन लगायतका बिषयमा छलफल गरिएको सुदूरपश्चिम संयोजक ऐरीले बताउनु भयो । 

    ९ बुदेँ घोषणा पत्रमा सुदूरपश्चिमको समग्र बिकास, श्रमजिवि पत्रकार ऐन कार्यान्वयन, श्रमजिवि पत्रकारका हकहितका कुराहरुमा जोड, संविधान कार्यान्वयन मार्फत मुलुकलाई स्थीरता तर्फ लैजान दबाब सिर्जना गर्ने र सुदूरपश्चिमको आर्थिक, सामाजिक, शैक्षिक बिकासका लागि सरकार सगं माग गर्ने लगायतका बिबिध बिषयबस्तुहरु समेटिएका छन ।    कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, नेपाल बिद्यार्थी सघंका केन्द्रीय अध्यक्ष नैन सिंह महर, सुदुरपश्चिमाञ्चलका नौँ वटै जिल्लाका १० शाखाका पदाधिकारी, क्षेत्रिय पदाधिकारी, केन्द्रिय पदाधिकारी एवं पार्षदको सहभागिता रहेकोे थियो । 

फोटो -पत्रकार छत्र साउदको फेसबुकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी