2026-09-19 07:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘महाजात्रा’को तीन दिनमा ४ करोड २६ लाखको व्यापार

चैत १२, काठमाडौँ | ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ ले तीन दिनमा चार करोड २६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ । निर्माण पक्षले पहिलो दिन एक करोड २३ लाख, दोस्रो दिन एक करोड ८२ लाख र तेस्रो दिन एक करोड २० लाख रुपैयाँको ग्रस कलेक्सन व्यापार गरेको जानकारी दिएको छ । 

निर्देशक तथा लेखक प्रदीप भट्टराईले फिल्ममार्फत दिईएको मनोरञ्जन र संदेशलाई दर्शकले रुचाउनु भएको बताए । ‘हामी प्रदर्शनकै दिनदेखि हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छौँ । उहाँहरू मनोरञ्जनसँगै फिल्ममा उठान गरिएको राजनीतिक विषयसँग खुसी हुनुहुन्छ । फिल्म हेर्न हलसम्म परिवार नै आइरहनु भएको छ, उहाँहरूले हामी प्रति गरिरहनुभएको विश्वास घटेको छैन । यो हाम्रो सबै भन्दा ठुलो उपलब्धी हो’, निर्देशक भट्टराईले भने । उनले हलमा फिल्म हेरेर निस्किदा दर्शकमा देखिएको खुसीलाई आफ्नो समूहको ठूलो सफलताको रुपमा लिएका छन् । 

यस्तै, आइतबार बेलुकी उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पत्नी निकिता पौडेल लामिछानेसहित नेपाली फिल्म ‘महाजात्रा’ हेरेका छन् । ‘महाजात्रा’ को चौतर्फी चर्चासँगै आफू यस शृङ्खलाको नियमित दर्शक भएकाले हलसम्म आएको गृहमन्त्री लामिछानेले बताए ।

‘मलाई यो शृङ्खलाका अघिल्ला दुई फिल्म नै मन परेको थियो । म निर्देशक प्रदीप भट्टराई, अभिनेता विपीन र दुई रवीन्द्रको अभिनयको फ्यान नै हो । सोही कारण पनि मैले फुर्सदको समय सदुपयोग गर्दै फिल्म हेरेको हुँ । नेपाली फिल्मलाई हामीले हलमै आएर हेर्नुपर्छ’, गृहमन्त्री लामिछानेले भने । उनले सामान्य रुपमा आम दर्शकसँगै बसेर फिल्म हेरेका हुन् । 

फिल्मको विषय प्रहरी र अनुसन्धानसँग जोडिएको भएकाले आफू आकर्षित भएको बताउदै उपप्रधानमन्त्री लामिछानेले राजनीतिज्ञका रुपमा फिल्म हेरेपछि झनै ऊर्जा थपिएको बताए । ‘फिल्ममा मनोरञ्जनसँगै राजनीतिका विषय र देशको इस्युलाई समेटिएको छ । मैले त्यो हेरिरहदा झनै ऊर्जा महसुश गरे । म र मेरो पुस्ताका नेताको उदय नै त्यसलाई कम गर्न भएको हो । हाम्रो पुस्ताका नेता रहदा पर्दामा भ्रष्ट्राचार गर्ने नेताको सायदै देखिएलान’, उपप्रधानमन्त्री लामिछानेले भने ।

चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्म दर्शकको भिडभाड हलमा देखिएको छ । दर्शकबाट शत प्रतिशत सकारात्मक ‘वर्ड अफ माउथ’ पाएपछि र परिवार नै दशक बनेर फिल्म हेर्न आएपछि प्रदर्शकले शो सङ्ख्या समेत बढाएका छन् ।

दर्शक प्रतिक्रिया लिईरहेका अभिनेता रवीन्द्रसिंह बानियाँले दर्शकले पहिलो हाफमा रहेको कमेडी र दोस्रो हाफमा रहेको राजनीतिक विषयलाई दर्शकले रुचाउनु भएको बताए । 

‘हाम्रो फिल्मलाई देशमात्र नभई विदेशमा पनि दर्शकले उत्तिकै माया गर्नुभएको छ । फिल्म हेर्नेले यसलाई शृङ्खलाकै उत्कृष्ट भनेर प्रतिक्रिया दिनुभएको छ । किनकि यसपटक फिल्मलाई मनोरञ्जनमा मात्र सिमित नराखी राष्ट्रिय विषयलाई उठाएका छौँ । सोही कारण जात्राबाट यसपटक महाजात्रा भयो । दर्शकले दुवै पक्षलाई रुचाउनु भएको छ’, अभिनेता बानियाँले भने,‘दर्शकसँगै देशका कला प्रेमी नेताबाट माया पाउँदा हामी कृतज्ञ भएका छौँ । उपप्रधानमन्त्री ज्युले हाम्रो फिल्मलाई हलमै आम बनेर हेरेपछि दिनुभएको प्रतिक्रिया हाम्रो लागि ऊर्जाको विषय हो ।’ 

आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई