पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>चैत १४, काठमाडौँ ।</b> सुदूरपश्चिम प्रदेशमा बुधबार सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ।<br></p><p>प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले बुधबार १२७ जनाको स्वास्थ्य परीक्षण गरेकोमा भारतबाट स्वदेश फर्किएका सात जनामा कोरोना संक्रमण देखापरेको जनाएको छ।</p><p>आइतबार र सोमबार १/१ जना, मंगलवार २ जनामा कोरोना पुष्टि भएको थियो। पछिल्लो समय सुदूरपश्चिममा कोरोना संक्रमणदर बढ्न थालेको छ। यस्तै गत शुक्रवार पनि ७ जनामा कोरोना देखिएको थियो। </p>

