-देवराज पुरी
विधिको शासन हराउनथाल्यो , मनपरी तन्त्र फैलिने भयो ।
दूध बेच्न घर घरमाजानु पर्ने , रक्सी बेच्न डुल्नै नपर्ने ।
खेतीयोग्यजमिनबाँझो,कोठाको बासमाजोहो ।
बातले चर्चै चर्चा , बसेरै रकमअसुल्ने कर्मचारी अच्छा ।
वास्तविकताको चुरो एकातिर, राजनीतिले बढार्यो अर्कैतिर ।
राजनीतिकखोलले छिमेकीलाई लात , पराईलाई साथ ।
समाजमानफलेको हाँगोको विगविगी,आदर सम्मानको भो खडेरी ।
स्वार्थको पराकाष्ट बेनियममिचाई, उल्र्यो ब्यक्तिकन्द्रित हेराई ।
शान्ति सुरक्षाबातले गर्दैछन रक्षक ,अशान्तितिब्र रक्षक नै भक्षक ।
युवाविहिनभो गाउँखाली ,विदेशीबने मालीगोठाला नेपाली ।
क्रृणमा विदेश लोक्रो न बोक्रो , के गर्ने बाकसमा मुन्छेको पोको ।
विश्वासको पात्र डक्टर , बन्नथाले बसको कन्डक्टर ।
सानालाई ऐन ठूलालाई चैन , डन डनविना सुरक्षा छैन ।
प्रकृतिमा बढ्यो उतार चढाव , विपन्नजीवजन्तु छटपटीमा विलाप ।
समाजमाउल्र्यो बैशको उन्माद , घटे घटना आफन्ती बरबाद ।
सम्पत्तीको मालिकपुरुषलाहुरे, महिला हिंसाको गीतगाउ रे ।
महंगी र कालाबजारीको स्तर उन्नति , नेपाली समाजको उधो गति ।
पैसामुखीशास्त्रका बाते पण्डित , समुदायलाई पार्न थाले खण्डित ।
पढाउने शिक्षकको सकृय राजनीति , हेर्दा हेर्दै बिधालयभो अबनति ।
दुरी नजिक छिमेकी घर , दम्भब्यबहार आबतजाबत पर ।
आमाको पेट हुनथाल्यो हिटलरको मैदानी ,समाजमा बाढी सरी बेइमानी ।
अपमान दोष सबै एक्कलमहिला , हेलाहुनथाले ज्येष्ठ नागरिकहरु साहिला ।
प्रकृतिचक्रभुकम्पपहिरो , पोई मरेका सातदिनमाफकाउनेको धुइरो ।
दाँत छन हात्तीकादुई थरी , कुर्चीकाकिर्नाहरु हेर छेपारो धारी ।
रगतको नाता गिद्धे दृष्टि , बाहिर सेतो भित्रकालो कस्तो सृष्टि ।
म म मैले भन्दै खाए घुष , अहिले चिन्तामा साथमा करेलाको जुश ।
श्रम शोषणको नमूना , प्रयोग पछि फालिदिने के गर्छौ यमुना ।
सेतो डे्रश आदर्श बाणी अजासु प्रबृत्ति , अरुको मात्रै तान्ने चाम्रो नियति ।
नाकाबन्दीमा राखेका छन गोदाम भरी ,यहि बेलामौकामाचौकाहान्ने ब्यापारी ।
साकाहारी खानेलाई बेवास्ता , मांसाहारीलाई खोजीखोजीब्यबस्था ।
–कुश्मा ११ पर्वत