२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागलुङमा ८ देखि ११ वटा स्थानीय तह बन्ने

६ कार्तिक २०७३, शनिबार ०६:४५

कृष्ण कँडेल/कात्तिक ६, बागलुङ । नयाँ मापदण्ड अनुसार बागलुङमा ११ वटा स्थानीय तह बनाउन स्थानीय निकाय संख्या तथा सिमाना निर्धारण आयोगले प्रश्ताव गरेको छ । 

मुख्य राजनैतिकदलले ईलाकालाई समेत आधार बनाएर संख्या बढाउने सहमति अनुसार मापदण्ड संसोधन भएपछि आबश्यक परे बागलुङमा ३ वटा स्थानिय निकाय थप्न सकिने आयोगले जनाएको छ । बागलुङमा यसअघि ८ वटा मात्रै स्थानिय निकाय बनाउन सिफारिस गरिएको थियो । 

नयाँ मापदण्ड आएपछि जिल्लामा छलफल गरेर आउने निष्कर्ष आयोगमा पठाईने स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले बताए । स्थानिय निकाय निर्धारणका लागि जिल्ला प्रविधिक समितिका संयोजक समेत रहेका अचार्यले राजनैतिक दल र सरोकारवालासँग छलफल गरेर जिल्लाका सवै नागरिलाई अधिकतम सहजता हुने गरि काम हुने बताए । 

बुर्तिबाङलाई केन्द्र मानेर बनाईने स्थानिय निकायलाई नगरपालिका बनाउनुपर्ने स्थानिय राजनैतिक दलले माग गरेका छन् । जिल्ला प्राविधिक समितिले यस अघि भने गाउँ पालिका प्रश्ताव गरेको थियो । 

प्राविधिक समितिको सिफारिस नमान्नै भन्दै स्थानियले १० नम्बर ईलाकालाई समेटेर बुर्तिबाङलाई केन्द्र बनाई नगरपालिका बनाउनुपर्ने निर्णय सहित दवापका लागि सांसद ज्ञानकुमारी छन्त्यालको संयोजकत्वमा सर्वदलिय डेलिकेशन समिति गठन भएको छ । त्यस्तै राङखानी र पैयूँथन्थापका नागरिकले आफुहरुलाई बरेङ जान असहज हुने भन्दै कुस्मिसेरा केन्द्र हुने जैमुनिघाट गाउँ पालिकामा राख्नुपर्ने माग गरेका छन् । 

खर्बाङ सहितका केहि गाविसले बढीघाट गाउँपालिकाको केन्द्र ग्वालीचौर नभई खर्बाङ हुनुपर्ने माग गर्दै सडक आन्दोलन नै गरेका थिए । नयाँ मापदण्ड अनुसार प्रदेश नम्बर–४ को म्याग्दीमा ३ देखि ६, पर्वतमा ४ देखि ७, मुस्ताङमा ३ देखि ५, कास्कीमा ५ देखि ६, गोरखामा ८ देखि ११, लम्जुङमा ४ देखि ८, मनाङमा ३ देखि ५, स्याङ्जामा ८ देखि ११, तनहुँमा ९ देखि १२ र नवलपरासीमा  ११ देखि १५ वटा स्थानिय निकाय बनाउन सकिने आयोगले प्रस्ताव गरेको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य