2026-09-19 07:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौंमा

चैत १६, काठमाडौँ । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् । शनिबार काठमाडौंमा ‘आरबी डायमण्ड ज्वेलर्स’ले आफ्नो २७औं वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागेको ज्वेलरी फेसन रनवेमा सहभागी हुन उनी शुक्रबार दिउँसो काठमाडौं आएकी हुन् । पहिलोपटक नेपाल आएकी उनी उक्त रनवेमा आरबीको गहनाहरु लगाएर ‘शो-स्टपर’को रुपमा र्‍याम्पमा उत्रिने जनाइएको छ ।

ज्याकलिन यसअघि अभिनेता सलमान खानसँग ‘द ब्याङ टूर’मा प्रस्तुति दिन नेपाल आउने निश्चित थियो । तर पछि उक्त कार्यक्रम नै रद्द भयो । आरबीले ज्याकलिनलाई कति पारिश्रमिक तिरेर नेपाल ल्याएको हो भन्ने खुलाएको छैन । तर, बलिउडका ‘ए लिस्टर’ अभिनेत्रीहरुले देशबाहिर र्‍याम्प शोमा सहभागी हुन ३० लाख हाराहारी पारिश्रमिक लिने गरेको भारतीय मिडियाहरुमा उल्लेख छ ।

सन् २००९ मा फिल्म ‘अलादिन’बाट ज्याकलिनले बलिउडमा डेब्यू गरेकी थिइन् । उनलाई सबैभन्दा ठूलो सफलता भने ‘किक’बाट मिल्यो । उनले ‘मर्डर २’, ‘हाउसफुल २’, ‘जुडवा २’, ‘रेस ३’ जस्ता फिल्ममा पनि अभिनय गरिसकेकी छन् । श्रीलङ्काली नागरिक भए पनि उनले बलिउडमा आफ्नो राम्रो उपस्थिति जनाएकी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई