१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

दाजु बोनीसँग किन रिसाए अनिल कपुर ?

२१ चैत्र २०८०, बुधबार ०५:४२

चैत २१, काठमाडौँ । बलिवुडका चर्चित निर्माता र अभिनेता बोनी कपुर र अनिल कपुरबीचको सम्बन्ध बिग्रिएको खबर बलिवुडमा अहिले चर्चाको विषय बनेको छ । मिडिया रिपोर्टका अनुसार कपुर दाजुभाईबीच अहिले सम्बन्ध खराब भएको असर फिल्ममा देखिन थालेको छ ।

निर्माता बोनीले आफ्ना भाई अनिल कपुरसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताउदै उनी बिना नै ‘नो एन्ट्री’ को सिक्वेल घोषणा गरेपछि यसको चर्चा बढेको हो ।

बोनी कपूरले भनेका थिए- 'अहिले अनिलसँग कुनै सम्बन्ध छैन ।' बोनीले फिल्ममा आफुले अनिललाई नलिएको विषयमा उनी रिसाएको बताएका छन् । उनले अन्य कारण केहि नभएको बताउदै उनी रिसाउनु स्वाभाविक भएको बताएका छन् ।  बोनीले यो व्यवसायिक निर्णय भएको बताउदै आफुले अनिललाई दुख पुराउने केहि काम गर्न नसक्ने समेत स्पष्ट गरेका छन् । 


उनले नो इन्ट्रीको सिक्वेलको घोषणा गर्दै फिल्ममा वरुण धवन, दिलजीत दोसांझ र अर्जुन कपूरलाई लिएको कन्फर्म गरेका छन् ।

यसैबीच, फिल्मका निर्देशक अनीस बज्मीले फिल्म नो एन्ट्री २, बोनी कपूर र अनिल कपूरबीचको झगडामा आफ्नो प्रतिक्रिया दिएका छन्। अनीस बज्मीले भने, 'दुबै दाजुभाइ हुन्, भोलि एक अर्कालाई भेटेर अँगालो हाल्ने छन् ।'

साथै बज्मीले दुवैको सम्बन्ध बिग्रिएको खबर सुनेर आफु छक्क परेको बताएका छन् । 

सन् २००५ मा आएको फिल्म ‘नो इन्ट्री’ मा सलमान खान, अनिल कपूर, फरदीन खान, बिपाशा बसु, ईशा देओल, लारा दत्ता, सेलिना जेटली र बोमन इरानी जस्ता कलाकारहरुको मुख्य भूमिका थियो । ‘नो एन्ट्री २’ मा वरुण धवन, अर्जुन कपुर र दिलजीत दोसांझको नाम पक्का भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण