सन्तोषकुमार गुप्ता/कात्तिक ६, देउखुरी । देउखुरी लमही नगरपालीका वडा नं. ११ निवासी तेजमान चौधरीका छोरा मन्तुराम चौधरीको नाममा दर्ता कित्ता नं. २ (घ) १५३५को तिन कठ्ठा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता/कात्तिक ६, देउखुरी । देउखुरी लमही नगरपालीका वडा नं. ११ निवासी तेजमान चौधरीका छोरा मन्तुराम चौधरीको नाममा दर्ता कित्ता नं. २ (घ) १५३५को तिन कठ्ठा"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा दलालीले झुक्याएर बेचे जग्गा

६ कार्तिक २०७३, शनिबार १०:५५


सन्तोषकुमार गुप्ता/कात्तिक ६, देउखुरी । देउखुरी लमही नगरपालीका वडा नं. ११ निवासी तेजमान चौधरीका छोरा मन्तुराम चौधरीको नाममा दर्ता कित्ता नं. २ (घ) १५३५को तिन कठ्ठा ३ धुरको जग्गा झुक्याएर विक्रि गरिएको पाइएको छ ।

असोजको १२ गते जिल्ला मालपोत कार्यालय दाङ वाट सतवरीया गाविस वडा नं. ५ निवासी डिल बहादुर चौधरीकी श्रीमती लोचन देवी चौधरीको नाममा पास भएको छ ।

जग्गा विक्रि गर्ने मुख्य भुमिकामा मन्टुराम चौधरीका दाजु कालीराम चौधरी(कमल) र सतवरीयाका खगेन्द्र चौधरी रहेको स्रोतले वताएको छ । तर, कालीराम चौधरीले(कमल) जग्गा विक्रि गर्ने काममा आफुले केही भुमिका नखेलेको र थाहा नभएको दावी गरेका छन् । जग्गा विक्रि गर्ने राजीनामा पत्रमा नितेश चौधरी र दिनेश चौधरी साँची वसेको पाइएको छ । 

साँची वस्ने ब्यक्तिको वारेमा पूर्ण जानकारी आएको छैन् । जग्गा दलालीले ललाई फकाई मन्तुराम चौधरीको जग्गा विक्रि भएको, प्लटीङ्ग गरेर विक्रि गर्ने योजना अनुसार सो जग्गाको कारोवार भएको वुझीएको छ । विक्रि भएको जग्गा लमही नगरपालीका देखी पश्चिम क्षत्रेमा पर्छ । डिल बहादुर चौधरीले ११ लाख रुपैयाँमा सो जग्गा खरिद गरेको दावी गरे । 

जग्गा विक्रि गरे देखी मन्टुराम चौधरी सम्पर्कमा छैनन् । मन्टुरामका जेठान पुरन प्रसाद चौधरीले जग्गा दलालीले झुक्याएर जग्गा विक्रि गरिएको र सो जग्गा संरक्षणको माग गरेका छन् । दाङका प्रमुख जिल्ला अधिकारी समक्ष समेत निवेदन दिएर जग्गा संरक्षणको माग गरिएको छ तर, अहीले सम्म कुनै सुनुवाई भएको छैन् । प्रमुख जिल्ला अधिकारीले जिल्ला प्रहरी कार्यालयमा, जिल्ला प्रहरी कार्यालयले वडा प्रहरी कार्यालय लमहीमा छलफल राखेर समस्याको समाधान गर्न भनेपनि वडा प्रहरी कार्यालय लमहीले छलफल राखेको छैन् ।

रक्सी खुवाउदै जस्ले जे भन्छ त्यही काम गर्ने स्वभाव भएका मन्तुराम चौधरीलको ब्यवहार वाट आजित उहाँकी श्रीमती एलीना चौधरीले २०६६ सालमा अंशको माग गर्दै अदालतमा मुद्धा दिनु भएको थियो । तर, मानसीक रोगको उपचार गर्ने क्रममा अदालतको तारेख भेट्न नसक्दा मुद्धा अलपत्र थियो । 

अदालतमा मुद्धा परेपछी जग्गा रोक्का थियो । विक्रि गर्दा जग्गा फुकुवा हुनु पर्ने भएपछी एलीनालाई झुक्याएर रोक्का जग्गा फुकुवा गराईएको छ । ‘रोक्का जग्गाको म्याद आज मात्र छ भन्दै म्याद थप गर्न जाम भनेर लगेर रोक्का जग्गा फुकुवा गराएको छ ।’ असोज ११ गते रोक्का जग्गा फुकुवा गरिएको छ र फुकुवा भएको अर्काे दिन १२ गते जग्गा पास गरिएको छ ।





     


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ