९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

७२ करोड घाटा ब्योहोरेको सलमान खानको सुपर फ्लप फिल्मको कथा

२४ चैत्र २०८०, शनिबार १०:१७

चैत २४, मुम्बई | फ्यानहरू सलमान खानका फिल्महरूको उत्सुकताका साथ प्रतीक्षा गर्छन् र उनका फिल्महरू रिलिज हुनेबित्तिकै थिएटरहरूमा पुग्छन्। तर, सलमान खानका हरेक फिल्म हिट भएका छन् र उनले कुनै फ्लप फिल्म दिएका छैनन् भन्ने होइन ।

बलिउडका भाइजानले  ‘रेस ३’, ‘किसी का भाइ किसकी जान’, ‘ट्युबलाइट’ र ‘एन्टिम’ जस्ता धेरै फ्लप फिल्म दिएका छन् । तर, उनको एउटा फिल्म थियो जसले बक्स अफिसमा निकै संघर्ष गर्यो र भारतमा १० करोड मात्रै कमाउन सफल भयो । ठूलो बजेटमा बनेको यो एक्सन फिल्मले निर्मातालाई करोडौं घाटा बेहोरेको थियो ।

यो फिल्म अरु कुनै अरु होइन्, सन् २०२१ मा रिलिज भएको ‘राधे’ हो । सलमान खान स्टारर फिल्ममा दिशा पटानी र रणदीप हुड्डा पनि देखिएका थिए । ९० करोडको बजेटमा बनेको ‘राधे’ कोरोना महामारीका बेला रिलिज भएको थियो । त्यतिबेला यो महामारीको दोस्रो लहर थियो र मानिसहरू सार्वजनिक स्थानमा जानबाट जोगिइरहेका थिए। यही कारण थियो ‘राधे’ले भारतमा १० करोड मात्रै कमाउन सक्यो ।

‘राधे’ विदेशमा सीमित थिएटरमा मात्रै रिलिज भएको थियो । यस्तो अवस्थामा विश्व बक्स अफिसमा फिल्मको कलेक्सन १८ करोड मात्रै थियो । यस्तो अवस्थामा निर्माताले ७२ करोड भारुको ठूलो घाटा बेहोर्नु परेको स्पष्ट छ । पछि निर्माताहरूले जी स्टुडियोलाई २४० करोडमा ‘राधे’ को ओटीटी अधिकार बेचे, जसले तिनीहरूलाई धेरै मद्दत गर्यो। तर, ओटीटी प्लेटफर्ममा पनि मानिसले फिल्मलाई खासै मन पराएनन् ।

सलमान खानको ‘राधे’ ले अहिलेसम्मकै सबैभन्दा कम मूल्याङ्कन गर्ने फिल्मको कीर्तिमान पनि बनाएको छ । फिल्मको आइएमडिबी स्कोर १० मध्ये १.९ मात्र छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी न्यायाधीशद्वय फुयाल र ढकालको संयुक्त इजलासमा आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै हेर्नुहोस आइतबारको विदेशी मुद्राको विनिमय दर ! देशको यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ नवलपुरमा आज बिहान गैँडाको आक्रमणबाट एक जनाको मृ-त्यु प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित लागि अपरिहार्य सेतु बन्नसक्छ: उपाध्यक्ष घिमिरे गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे १८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित