१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

रामायणमा रणवीर कपुरलाइ २२५ करोड पारिश्रमिक ! अरूलाइ कति ?

२५ चैत्र २०८०, आईतवार ०३:१९

चैत २५, काठमाडौं | नितेश तिवारीको फिल्म रामायणको सुटिङ सुरु भएको छ । 

हालै सेटका कलाकारका केही तस्विर पनि सार्वजनिक भएका छन् । जसमा अरुण गोभिल, लारा दत्त र शीबा चड्डा पूरै पहिरनमा देखिएका थिए । नितेश तिवारी पनि फिल्मको सेटमा देखिएका थिए ।

यसलाई रणवीर कपुरको करियरकै सबैभन्दा ठूलो फिल्म भनिएको छ । जसका लागि उनले राम्रै पारिश्रमिक पनि लिएका छन् ।

नितेश तिवारीले ‘रामायण’लाई तीन भागमा बनाउन लागेको खबर छ । कोइ मोइ डटकमको रिपोर्ट अनुसार रणवीर कपुरले ‘रामायण’ को एक फिल्मका लागि करिब ७५ करोड भारु लिइरहेका छन् । अर्थात् उनलाई तीन फिल्मका लागि करिब २२५ करोड रुपैयाँ दिइनेछ । जहाँ सीताको भूमिका निभाउन लागेकी साई पल्लवीलाई एउटा फिल्मका लागि ६–८ करोड मात्रै दिइनेछ ।

यशले फिल्ममा रावणको भूमिका निर्वाह गर्ने बताइएको छ । उनले एउटा फिल्मका लागि करिब ५० करोड भारु लिनेछन् । केही दिनअघि यश ‘रामायण’ को दोस्रो र तेस्रो किस्तामा मात्रै देखिने खबर पनि आएको थियो । जसका लागि उनलाई कुल १०० करोड रुपैयाँ दिइने छ । केजीएफ र ‘ब्रह्मास्त्र’ पछि यश र रणवीर कपुरको लोकप्रियता निकै बढेको छ ।

हालै सामाजिक सञ्जालमा अरु केही तस्विरहरु बाहिर आएका छन् । अरु तस्बिरहरु सेयर भए पनि केहि समय पछि डिलिट भयो । फिल्मसँग सम्बन्धित कुनै पनि फुटेज वा कलाकारको लुक्स पहिल्यै सार्वजनिक होस् भन्ने निर्माताले नचाहने विश्वास गरिएको छ । त्यसैले सेटबाट कुनै पनि तस्विर लीक नहोस् भन्ने कुरामा विशेष ध्यान दिइएको छ । तर यति कडा सुरक्षापछि पनि सेटबाट केही भिडियो र तस्विरहरु बाहिरिएका छन् ।

यसको आधिकारिक घोषणा यही रामनवमीमा गरिने बताइएको छ । मिडिया रिपोर्टमा यो ठूलो बजेटको मल्टीस्टारर फिल्म हुने दाबी गरिएको छ । जसमा बलिउडसँगै साउथका स्टारहरु पनि रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण