२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

बिजुली चम्किँदा विद्युतीय सामग्री प्रयोग गर्नुहुन्छ ? ख्याल राख्नुहोस् यी कुरा

३० चैत्र २०८०, शुक्रबार ०८:३३

चैत ३०, काठमाडौँ । झरी पर्दा होस् वा बिजुली चम्कँदा, आफूले प्रयोग गरिरहेका विद्युतीय सामग्री बिग्रिन्छन् कि भन्ने डर धेरैलाई लागिरहन्छ । नेपालको सन्दर्भमा त झन् प्रायः ठाउँमा पानी पर्दा एक्कासि लाइन (बत्ति) आउने र जाने गर्छ ।

यसले गर्दा पनि धेरै मानिसहरूमा बिजुली चम्केको वा पानी परेको बेला लाइनमा जोडिएका विद्युतीय उपकरण बिग्रिन्छन् भन्ने भ्रम हुन्छ । के साँच्चै बिजुली चम्केको बेला विद्युतीय उपकरण लाइनबाट निकाल्न आवश्यक छ ? यदि आवश्यक छ भने किन निकाल्नु पर्छ ? आज हामी यसै विषयमा चर्चा गर्दैछौं ।

सबैभन्दा पहिलो कुरा गरौं, हामीले प्रयोग गर्ने मोबाइल फोनको । प्रायः हामी सबै आफूसँग भएको फोन बोकेरै बाहिर गएका हुन्छौं ।

धेरैलाई बिजुली चम्किएको बेला फोनमा कसैसँग कुरा गर्‍यो वा फोन प्रयोग गर्‍यो भने चट्याङ आफूमाथि पर्छ भन्ने भ्रम हुन्छ । सबैभन्दा पहिले के कुरा विचार गर्नुपर्छ भने चट्याङ पर्नु र मोबाइल फोन प्रयोग गर्नुबीच केही सम्बन्ध हुँदैन ।


डर त्यस्तो बेला बढी हुन्छ, जब फोन कुनै पनि लाइनमा जोडिएको हुन्छ । अमेरिकाको ‘नेसनल वेदर सर्भिस’का अनुसार चार्जमा नराखेको फोन छ भने त्यसैका कारण चट्याङ त्यो व्यक्तिमा पर्ने भन्ने हुँदैन । 

यदि तपाईंको फोन चार्ज अथवा कुनै प्रकारको विद्युत प्रवाह गर्ने माध्यममा जोडिएको छैन भने तपाईं आफ्नो फोन ढुक्कले प्रयोग गर्न सक्नुहुन्छ । चार्जमा जोडिएको छ भने फोनको चार्जर बिग्रिन सक्छ ।

चट्याङको डर त्यो बेला बढी हुन्छ, जब तपाईं त्यसको जोखिम बढी भएको ठाउँमा हुनुहुन्छ । त्यसैले बिजुली चम्किरहेको बेला तपाईं चट्याङको जोखिम बढी हुने हुने ठाउँमा जान हुँदैन । यदि घरभन्दा बाहिर हुनुहुन्छ भने चट्याङमा पर्ने सम्भावना धेरै हुन्छ ।

चट्याङको जोखिम प्रायः खुल्ला ठाउँमा, रूखबिरुवा बढी भएको ठाउँमा, धातुले बनेका पोल वा अन्य कुरा भएको ठाउँमा, ताल तलाउ भएको ठाउँमा वा डाँडामा बढी हुने गर्छ । त्यस्तोमा तपाईंले फोन लिएर जानुभएको छ वा छैन भन्ने कुराले कुनै अर्थ राख्दैन । त्यस ठाउँमा चट्याङको जोखिम कत्तिको छ भन्ने कुराले अर्थ राख्छ ।

सामान्य अर्थमा भन्नुपर्दा त्यस्तो ठाउँमा चट्याङको जोखिम बढी हुने गर्छ जहाँ ठूला रुख हुन्छन्, ताल हुन्छ वा ठूलो चौर हुन्छ । 

नेसनल वेदर सर्भिसका अनुसार घरमा प्रयोग हुने ल्यान्डलाइनको फोनमा भने बढी जोखिम हुन्छ । ल्यान्डलाइन, तारैतारको संयोजनबाट घरसम्म आउने भएकाले त्यसमा भने बढी जोखिम हुने गर्छ । लाइनको माध्यमबाट चल्ने उपकरण जस्तै केबनल टिभी, कम्प्युटर, आदिमा चट्याङको जोखिम बढी हुन्छ ।

तर, त्यसभन्दा पहिले तपाईं चट्याङको जोखिम कति भएको ठाउँमा हुनुहुन्छ भन्ने कुराले प्रभाव पार्छ । त्यसैले आकाशमा विजुली गडगडाइरहेको बेला तपाईंले लाइनमा जोडिएका उपकरणको कनेक्सन छुटाउनु नै उपयुक्त हुन्छ ।

कुनै बेला कतै टाढा चट्याङ परेको छ भने पनि बिजुलीको तारमा भोल्टेज बढी भएर उपकरणले धान्न नसक्दा उपकरण बिग्रिन सक्छन् । त्यसका लागि घरमा एमसीबी प्रयोग गर्नुभएको छ भने तारबाट बढी भोल्टेज आउँदा सर्किट ब्रेक गर्छ, जसले गर्दा तपाईंको उपकरणसम्म भोल्टेज बढी आउनबाट रोक्छ । फोनका सन्दर्भमा भने चार्जमा राखेको बेलाबाहेक अन्य अवस्थामा केही असर पर्दैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना