२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

बिजुली चम्किँदा विद्युतीय सामग्री प्रयोग गर्नुहुन्छ ? ख्याल राख्नुहोस् यी कुरा

२०८०, ३० चैत्र शुक्रबार ०८:३३

चैत ३०, काठमाडौँ । झरी पर्दा होस् वा बिजुली चम्कँदा, आफूले प्रयोग गरिरहेका विद्युतीय सामग्री बिग्रिन्छन् कि भन्ने डर धेरैलाई लागिरहन्छ । नेपालको सन्दर्भमा त झन् प्रायः ठाउँमा पानी पर्दा एक्कासि लाइन (बत्ति) आउने र जाने गर्छ ।

यसले गर्दा पनि धेरै मानिसहरूमा बिजुली चम्केको वा पानी परेको बेला लाइनमा जोडिएका विद्युतीय उपकरण बिग्रिन्छन् भन्ने भ्रम हुन्छ । के साँच्चै बिजुली चम्केको बेला विद्युतीय उपकरण लाइनबाट निकाल्न आवश्यक छ ? यदि आवश्यक छ भने किन निकाल्नु पर्छ ? आज हामी यसै विषयमा चर्चा गर्दैछौं ।

सबैभन्दा पहिलो कुरा गरौं, हामीले प्रयोग गर्ने मोबाइल फोनको । प्रायः हामी सबै आफूसँग भएको फोन बोकेरै बाहिर गएका हुन्छौं ।

धेरैलाई बिजुली चम्किएको बेला फोनमा कसैसँग कुरा गर्‍यो वा फोन प्रयोग गर्‍यो भने चट्याङ आफूमाथि पर्छ भन्ने भ्रम हुन्छ । सबैभन्दा पहिले के कुरा विचार गर्नुपर्छ भने चट्याङ पर्नु र मोबाइल फोन प्रयोग गर्नुबीच केही सम्बन्ध हुँदैन ।


डर त्यस्तो बेला बढी हुन्छ, जब फोन कुनै पनि लाइनमा जोडिएको हुन्छ । अमेरिकाको ‘नेसनल वेदर सर्भिस’का अनुसार चार्जमा नराखेको फोन छ भने त्यसैका कारण चट्याङ त्यो व्यक्तिमा पर्ने भन्ने हुँदैन । 

यदि तपाईंको फोन चार्ज अथवा कुनै प्रकारको विद्युत प्रवाह गर्ने माध्यममा जोडिएको छैन भने तपाईं आफ्नो फोन ढुक्कले प्रयोग गर्न सक्नुहुन्छ । चार्जमा जोडिएको छ भने फोनको चार्जर बिग्रिन सक्छ ।

चट्याङको डर त्यो बेला बढी हुन्छ, जब तपाईं त्यसको जोखिम बढी भएको ठाउँमा हुनुहुन्छ । त्यसैले बिजुली चम्किरहेको बेला तपाईं चट्याङको जोखिम बढी हुने हुने ठाउँमा जान हुँदैन । यदि घरभन्दा बाहिर हुनुहुन्छ भने चट्याङमा पर्ने सम्भावना धेरै हुन्छ ।

चट्याङको जोखिम प्रायः खुल्ला ठाउँमा, रूखबिरुवा बढी भएको ठाउँमा, धातुले बनेका पोल वा अन्य कुरा भएको ठाउँमा, ताल तलाउ भएको ठाउँमा वा डाँडामा बढी हुने गर्छ । त्यस्तोमा तपाईंले फोन लिएर जानुभएको छ वा छैन भन्ने कुराले कुनै अर्थ राख्दैन । त्यस ठाउँमा चट्याङको जोखिम कत्तिको छ भन्ने कुराले अर्थ राख्छ ।

सामान्य अर्थमा भन्नुपर्दा त्यस्तो ठाउँमा चट्याङको जोखिम बढी हुने गर्छ जहाँ ठूला रुख हुन्छन्, ताल हुन्छ वा ठूलो चौर हुन्छ । 

नेसनल वेदर सर्भिसका अनुसार घरमा प्रयोग हुने ल्यान्डलाइनको फोनमा भने बढी जोखिम हुन्छ । ल्यान्डलाइन, तारैतारको संयोजनबाट घरसम्म आउने भएकाले त्यसमा भने बढी जोखिम हुने गर्छ । लाइनको माध्यमबाट चल्ने उपकरण जस्तै केबनल टिभी, कम्प्युटर, आदिमा चट्याङको जोखिम बढी हुन्छ ।

तर, त्यसभन्दा पहिले तपाईं चट्याङको जोखिम कति भएको ठाउँमा हुनुहुन्छ भन्ने कुराले प्रभाव पार्छ । त्यसैले आकाशमा विजुली गडगडाइरहेको बेला तपाईंले लाइनमा जोडिएका उपकरणको कनेक्सन छुटाउनु नै उपयुक्त हुन्छ ।

कुनै बेला कतै टाढा चट्याङ परेको छ भने पनि बिजुलीको तारमा भोल्टेज बढी भएर उपकरणले धान्न नसक्दा उपकरण बिग्रिन सक्छन् । त्यसका लागि घरमा एमसीबी प्रयोग गर्नुभएको छ भने तारबाट बढी भोल्टेज आउँदा सर्किट ब्रेक गर्छ, जसले गर्दा तपाईंको उपकरणसम्म भोल्टेज बढी आउनबाट रोक्छ । फोनका सन्दर्भमा भने चार्जमा राखेको बेलाबाहेक अन्य अवस्थामा केही असर पर्दैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ