2026-09-19 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

फिल्म ‘रावायण’मा एक्सन अवतारमा देखिँदै पल

चैत ३०, महोत्तरी | चकलेटी लुक्स र रोमान्टिक अवतारमा दर्शकको माझ लोकप्रिय बनेका पल शाह अब भने एक्सन अवतारमा देखिँदै छन् । निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्टको रूपमा चर्चा भइरहेको फिल्म ‘रावायण’मा पलको एक्सन अवतार दर्शकले देख्न पाउने भएका हुन् ।

यसैको तयारीका लागि एक हप्ता यता पल एक्सन डिरेक्टर श्री श्रेष्ठको निर्देशनमा एक्सन सिकिरहेका छन् र अभ्यास गरिरहेका छन् ।

दुई वर्ष यता पल फिल्ममा देखिएका छैनन् । लामो समयको अन्तरामा पल आउँदै गर्दा अब भने दर्शकले उनको लभर ब्वाई भन्दा भिन्न छविमा देख्न पाउने भएका हुन् ।

पलको ‘रामायण’ भन्दा पहिला ‘पुजार सार्की’ फिल्म रिलिज हुने छ । त्यहाँ पनि पल लभर ब्वाई नबनेर भिन्नै चरित्रमा देखिँदै छन् । २०८१ भाद्र २१ गते तिजको दिन रिलिज मिति तोकिएको फिल्म ‘रावायण’ बैशाखबाट छायांकनमा जाँदै छ ।

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने फिल्म सुदर्शन थापा र पुजा शर्मा मिलेर निर्माण गर्न लागेका हुन् ।

फिल्मको मुख्य कलाकारहरुमा पलसंगै पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुन जगं शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतका कलाकारहरूको अभिनय रहने छ ।

फिल्ममा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, रामजी लामिछाने, बिक्रम स्वारको कोरियोग्राफी रहने छ । फिल्नको संगितको सम्पूर्ण काम मुम्बईमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई