2026-09-19 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

सलमान खानको घर अगाडी गोली चलाउने दुई जना पक्राउ

बैशाख ४, काठमाडौँ | बलिवुड अभिनेता सलमान खानको घर बाहिर गोली चलाउने दुई अभियुक्त पक्राउ परेका छन् । मुम्बई क्राइम ब्रान्चको टोलीले दुवै आरोपीलाई गुजरातको भुजबाट पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

अप्रिल १४ मा बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चलाइएको थियो । मोटरसाइकलमा आएका दुईजना आक्रमणकारीले ४ राउण्ड फायर गरेका थिए । गोली चलाउँदा सलमान आफ्नै घरमा थिए ।

घटनापछि सलमानको घरबाहिर सुरक्षा बढाइएको थियो । खानलाई लरेन्स–गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएको थियो ।

मुम्बई प्रहरीका अनुसार गोली चलाइएको बन्दुक ७.६ बोरको थियो । फोरेन्सिक विज्ञहरूले घटनास्थलबाट गोली तथा आरोपीको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

यस घटनाको जिम्मेवारी लरेन्स समूहले लिएको थियो । यो समुहले सलमानलाई यस अघि पनि पटक पटक धम्कि दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई