२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

छोरीको डेभ्यु फिल्ममा शाहरुखले लगानी गरे दुई सय करोड

२०८१, ४ बैशाख मंगलवार ०९:१३

बैशाख ४, काठमाडौँ |  बलिउडका किङ खान शाहरुख खान अहिले सुजोय घोषको एक्शन फिल्म ‘किंग’ मा काम गरिरहेका छन् । उनकी छोरी सुहाना खान पनि यही फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्दैछिन् ।

यस फिल्मलाई शाहरुखले आफ्नो ब्यानर रेड चिलीज इन्टरटेनमेन्टमा निर्माण समेत गर्दैछन् । मिडिया रिपोर्टका अनुसार शाहरुखले प्रि-प्रोडक्सन चरणमा रहेको यो फिल्ममा २०० करोड भारु लगानी गर्दै छन् ।

बलिउड हंगामामा रिपोर्टका अनुसार, 'किंग' शाहरुखको महत्वाकांक्षी एक्शन फिल्म हो । यो चलचित्रको प्रि-प्रोडक्सनमा विगत एक वर्षदेखि टिमले काम गरिरहेको छ । शाहरुख आफैंले छोरीको डेब्यु फिल्मलाई ठूलो बनाउन कुनै कसर बाँकी राखेका छैनन् ।


‘किंग’ सँग सम्बद्ध फिल्म निर्माता सिद्धार्थ आनन्दले अहिले केही अन्तर्राष्ट्रिय स्टन्ट निर्देशकलाई बोर्डमा ल्याउने प्रयास गरिरहेका छन् ।

सिद्धार्थ शाहरुखसँग मिलेर यो फिल्मलाई ग्लोबल एक्शन थ्रिलर बनाउने काम गरिरहेका छन् । उनले अन्तर्राष्ट्रिय स्टन्ट विज्ञहरूसँग फिल्मको स्टन्ट डिजाइन गर्दैछन् र भिएफएक्सको सहयोगमा यसलाई वास्तविक टच दिन व्यस्त छन् ।

‘किंग’ को छायांकन यसै वर्षको मेबाट सुरु हुनेछ । यसको ५ महिनामा छायांकन गरी अर्को वर्षको दोस्रो हाफमा रिलिज गर्ने निर्माण पक्षको योजना छ ।

सुहानाले गत वर्ष नेटफ्लिक्समा रिलिज भएको फिल्म ‘द आर्चिज’ बाट ओटीटी डेब्यू गरेकी थिइन् । फिल्ममा उनी वेरोनिकाको भूमिकामा देखिएकी थिइन् । यसका लागि उनले एउटा गीत पनि गाएकी थिइन् ।

यस फिल्मका अलावा शाहरुखले आफ्नो छोरा आर्यन खानलाई निर्देशन गर्दै डेब्यू वेब सिरिज ‘स्टारडम’ को सुपरिवेक्षण गरिरहेका छन् ।

त्यसैगरी शाहरुख अन्तिम पटक डिसेम्बर २०२३ मा रिलिज भएको 'डंकी' मा देखिएका थिए । उनले यसै वर्षको अन्त्यसम्ममा ‘पठान २’ को छायांकन सुरु गर्न सक्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना