2026-09-19 06:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘पुष्पाः२, द रूल’ : हाल सम्मकै महंगो मुल्यमा रिलिज अधिकारकाे खरिद

बैशाख ६, मुम्बइ | अल्लु अर्जुनको ‘पुष्पा २’ ले रिलिज अघि नै बजारमा धुम मच्चाउन थालेको छ ।

सो फिल्मको फ्रेन्चाइजी मूल्य यति बलियो छ कि यो फिल्मका लागि मानिसहरु ठूलो रकम तिर्न तयार भएका छन् । फिल्मको उत्तर भारतको थिएटर राइट्सको मामलामा पनि यस्तै भएको छ । हालै एए फिल्म्सका अनिल थडानीले कीर्तिमानी मूल्य तिरेर उत्तर भारतमा ‘पुष्पा २’ रिलिज गर्ने अधिकार किनेका छन् । 

अनिलले ‘पुष्पा– २’ बाहेक देवरा, कल्की २८९८ एडी र गेम चेन्जरको उत्तर भारतको थिएटर अधिकार पनि खरिद गरेका छन्। अनिल थडानी अभिनेत्री रविना टण्डनका पति हुन्। उनलाई देशकै सबैभन्दा ठूलो फिल्म वितरकको रूपमा गनिन्छन् ।

पिंकभिल्लाको रिपोर्ट अनुसार अनिल थडानीले उत्तर भारतमा ‘पुष्पा २’ रिलिज गर्ने अधिकार २०० करोडमा किनेका हुन, त्यो अग्रिम आधारमा। वास्तवमा, अहिलेसम्म कुनै पनि फिल्मको अधिकार यति महँगो मूल्यमा बिक्री भएको छैन। हालसम्म १४० देखि १६० करोड रुपैयाँ धेरै ठूलो मूल्य मानिन्थ्यो तर  ‘पुष्पा २’ ले त्यो अंकलाई ठूलो अन्तरले पछाडि छोडेको छ । देशैभरको फिल्म उद्योगले यो सम्झौताको चर्चा गरिरहेको छ ।

सन् २०२१ मा रिलिज भएको ‘पुष्पा’ ले देशैभर तरल मचाएको थियो । अल्लु अर्जुन रातारात भारतका सुपरस्टार बनेका थिए । फिल्मका गीत देखि लिएर अल्लु अर्जुनको स्टाइल, संवाद, डान्स स्टेप र उनको शैलीलाई मानिसहरूले धेरै सम्झिएका थिए । त्यसयता चलचित्रको दोस्रो भागको प्रतिक्षा बढीरहेको छ । 

फ्रेन्चाइजको दोस्रो किस्ता निकै ठूलो स्तरमा बनाएको निर्माताहरुले बताएका छन् । यो कुरा जनताले मन पराउनेमा उनी विश्वस्त छन् । ‘पुष्पा २’ मा निर्माताले आफ्नो संस्कृतिको जरासम्म पुग्ने प्रयास गरेका छन् । त्यसैले फिल्मको प्रारम्भिक लुक्स र टिजरले मानिसमा निकै कौतुहलता पैदा गरेको छ । कतिपयले भने ‘पुष्पा २’ पनि ‘कान्तारा’को बाटोमा गएको बताएका छन् ।

हालै अल्लु अर्जुनको जन्मदिनमा फिल्मको पहिलो टिजर रिलिज भएको छ । यो फिल्मको एक एक्सन सिक्वेन्सको स्निपेट थियो। जसलाई मिश्रित प्रतिक्रिया मिलेको छ । समयमै फिल्मको काम पूरा नहुने खबर आएको थियो । त्यसैले ‘पुष्पा २’ को रिलिज स्थगित हुन सक्छ । तर टिजर रिलिजसँगै ‘पुष्पा २’ निर्धारित मितिमा रिलिज हुने पनि पुष्टि भएको छ । त्यो मिति अगस्त १५, २०२४ हो।

‘पुष्पा २’ मा अल्लु अर्जुनसँग रश्मिका मन्डन्ना, फहद फासिल, जगपति बाबु, प्रकाश राज, सुनील र अनसूया भारद्वाज जस्ता कलाकारहरु देखिदैछन् । यो चलचित्रलाई सुकुमारले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई