प्रभात सुवेदी । कार्तिक ८, बर्दिया ।
आफूहरुबीचको न्यानो अनि पवित्र माया कुन प्रेमी प्रेमीकाले अमर राख्न नचाहालान् र ? यसका लागि के–के सम्म गर्न पछि पर्दैनन् प्रेमीकाहरु ? यहाँ यस्तै भएको छ एक प्रेमजोडी रुपक र प्रजितालाई । अहिलेको आधुनिक समयमा पनि मन्दिरमा देवताको सा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
प्रभात सुवेदी । कार्तिक ८, बर्दिया ।
आफूहरुबीचको न्यानो अनि पवित्र माया कुन प्रेमी प्रेमीकाले अमर राख्न नचाहालान् र ? यसका लागि के–के सम्म गर्न पछि पर्दैनन् प्रेमीकाहरु ? यहाँ यस्तै भएको छ एक प्रेमजोडी रुपक र प्रजितालाई । अहिलेको आधुनिक समयमा पनि मन्दिरमा देवताको सा"/>
५ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

पुजारीले मन्दिरबाटै गलत्याएपछि के भो यी प्रेमीकालाई ?

८ कार्तिक २०७३, सोमबार ०६:४९


प्रभात सुवेदी । कार्तिक ८, बर्दिया ।
आफूहरुबीचको न्यानो अनि पवित्र माया कुन प्रेमी प्रेमीकाले अमर राख्न नचाहालान् र ? यसका लागि के–के सम्म गर्न पछि पर्दैनन् प्रेमीकाहरु ? यहाँ यस्तै भएको छ एक प्रेमजोडी रुपक र प्रजितालाई । अहिलेको आधुनिक समयमा पनि मन्दिरमा देवताको सामु आशीर्वाद र वरदान माग्न गएका प्रेमीकाको जोडीलाई मन्दिर परिसरमै पूजारीले यसरी गलत्याएर मन्दिर प्रवेशमा नै रोक लाएको दृश्य ज्यादै कारुणीक थियो ।
यो सन्दर्भ कुनै यथार्थ घटना नभएर बर्दियाली गायक तथा सङ्गीतकार रकेश वलीले भर्खरै मात्र बजारमा ल्याउन तयारी गरिरहेको पहिलो गीती एल्बम (मेरो संसार) मा रहेको गीत “देउतालाई पनि नचढ्ने भुईँ झरेको पूmल हुँ म” बोलको गीतको म्युजिक भिडियोको हो ।


सातओटा अत्यन्तै कर्णप्रीय सुमधुर गीतहरु समेटिएको यो एल्बम चाँडै नै बजारमा ल्याउने तयारी रहेको वली बताउनुहुन्छ । शास्त्रीय सङ्गीत बिधामा पाचौँ वर्षमा अध्ययनरत वली पछिल्लो समयमा निकै नै मर्मस्पर्शी गीतहरुको सङ्गीत गर्ने, एरेन्ज र गाउने कलाकारको रुपमा परिचित छन् । उनी साङ्गितीक यात्राकै शिलशिलामा बहराईन, मलेशिया, दुबई लगायतका मुलुकहरु पुगिसकेका छन् ।
जीवन खड्काको निर्देशन, नवराज उप्रेतीको क्यामेरा, शक्ति प्रज्ज्वल घिमिरेको सम्पादन, कोअपरेटिभ इन्टरटेन्मेन्टको पोस्ट प्रोडक्सन रहेको यो म्युजिक भिडियोलाई मुनलाईट फिल्मस् प्रा.लि. ले बजारमा बजारमा ल्याएको हो ।
के. आर. एकलयात्रीको शब्द, सुरेन चन र रकेश वली (सुर) को सङ्गीत र रकेश वलीको स्वरमा रहेको यो गीत यहाँहरुको लागि समर्पण छ । हेरेर र सुनेर नेपाली गीत सङ्गीतको साँभो साधनामा लागेका हस्तीहरुलाई प्रोत्साहन गरौँ ।
गीतको म्युजिक भिडियो ….




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर २०२५ को विश्व प्रेस फोटो अफ द इयर देशमा केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा रास्वपाको महाधिवेशन आगामी फागुनमा साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर ढलको पाइप फुटेपछि काठमाडौँस्थित थापाथली करिडोर अस्तव्यस्त अस्ट्रेलियामा बेरोजगारी दर वृद्धि मौसम खराबीका कारण हवाई उडान प्रभावित राष्ट्रिय परीक्षा बोर्डले एसइईको कापी परीक्षण र १२ को परीक्षामा सहयोग गर्न आग्रह गरे लेदो सहितको पहिरोले अरनिको राजमार्ग अवरुद्ध दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु र दुई जना घाइते राप्रपाले वैशाख ७ गते सरकारले निषेधित क्षेत्र घोषणा गरेका ठाउँमा प्रदर्शन गर्ने बिहीबार नेप्सेमा साढे २६ अंकको वृद्धि रास्वपा बैठक जारी माधव नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताए संघीयता र संसदीय अभ्यासलाई केन्द्रमा राखेर सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु पार्टी बैठकमा शेरबहादुर देउवाले भने- सरकारको कार्यसम्पादनबारे प्रधानमन्त्रीसँग कुरा गर्छु आज मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको अनुरोध काठमाडौँ महानगरपालिकाले कवाड संकलन केन्द्रमा डोजर चलाए ७ तोला ९६ लाल सुनसहित स्याङजाका प्रदीप अर्याल पक्राउ