प्रभात सुवेदी । कार्तिक ८, बर्दिया ।
आफूहरुबीचको न्यानो अनि पवित्र माया कुन प्रेमी प्रेमीकाले अमर राख्न नचाहालान् र ? यसका लागि के–के सम्म गर्न पछि पर्दैनन् प्रेमीकाहरु ? यहाँ यस्तै भएको छ एक प्रेमजोडी रुपक र प्रजितालाई । अहिलेको आधुनिक समयमा पनि मन्दिरमा देवताको सा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
प्रभात सुवेदी । कार्तिक ८, बर्दिया ।
आफूहरुबीचको न्यानो अनि पवित्र माया कुन प्रेमी प्रेमीकाले अमर राख्न नचाहालान् र ? यसका लागि के–के सम्म गर्न पछि पर्दैनन् प्रेमीकाहरु ? यहाँ यस्तै भएको छ एक प्रेमजोडी रुपक र प्रजितालाई । अहिलेको आधुनिक समयमा पनि मन्दिरमा देवताको सा"/>
२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

पुजारीले मन्दिरबाटै गलत्याएपछि के भो यी प्रेमीकालाई ?

२०७३, ८ कार्तिक सोमबार ०६:४९


प्रभात सुवेदी । कार्तिक ८, बर्दिया ।
आफूहरुबीचको न्यानो अनि पवित्र माया कुन प्रेमी प्रेमीकाले अमर राख्न नचाहालान् र ? यसका लागि के–के सम्म गर्न पछि पर्दैनन् प्रेमीकाहरु ? यहाँ यस्तै भएको छ एक प्रेमजोडी रुपक र प्रजितालाई । अहिलेको आधुनिक समयमा पनि मन्दिरमा देवताको सामु आशीर्वाद र वरदान माग्न गएका प्रेमीकाको जोडीलाई मन्दिर परिसरमै पूजारीले यसरी गलत्याएर मन्दिर प्रवेशमा नै रोक लाएको दृश्य ज्यादै कारुणीक थियो ।
यो सन्दर्भ कुनै यथार्थ घटना नभएर बर्दियाली गायक तथा सङ्गीतकार रकेश वलीले भर्खरै मात्र बजारमा ल्याउन तयारी गरिरहेको पहिलो गीती एल्बम (मेरो संसार) मा रहेको गीत “देउतालाई पनि नचढ्ने भुईँ झरेको पूmल हुँ म” बोलको गीतको म्युजिक भिडियोको हो ।


सातओटा अत्यन्तै कर्णप्रीय सुमधुर गीतहरु समेटिएको यो एल्बम चाँडै नै बजारमा ल्याउने तयारी रहेको वली बताउनुहुन्छ । शास्त्रीय सङ्गीत बिधामा पाचौँ वर्षमा अध्ययनरत वली पछिल्लो समयमा निकै नै मर्मस्पर्शी गीतहरुको सङ्गीत गर्ने, एरेन्ज र गाउने कलाकारको रुपमा परिचित छन् । उनी साङ्गितीक यात्राकै शिलशिलामा बहराईन, मलेशिया, दुबई लगायतका मुलुकहरु पुगिसकेका छन् ।
जीवन खड्काको निर्देशन, नवराज उप्रेतीको क्यामेरा, शक्ति प्रज्ज्वल घिमिरेको सम्पादन, कोअपरेटिभ इन्टरटेन्मेन्टको पोस्ट प्रोडक्सन रहेको यो म्युजिक भिडियोलाई मुनलाईट फिल्मस् प्रा.लि. ले बजारमा बजारमा ल्याएको हो ।
के. आर. एकलयात्रीको शब्द, सुरेन चन र रकेश वली (सुर) को सङ्गीत र रकेश वलीको स्वरमा रहेको यो गीत यहाँहरुको लागि समर्पण छ । हेरेर र सुनेर नेपाली गीत सङ्गीतको साँभो साधनामा लागेका हस्तीहरुलाई प्रोत्साहन गरौँ ।
गीतको म्युजिक भिडियो ….




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल