2026-07-26 06:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

छैटौँ सातामा ‘महजात्रा’: ५१ औँ दिनतर्फ लम्किदै

बैशाख १४, काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ । अर्थात् फिल्म ५१ औँ दिनको यात्रामा अगाडि बढिरहेको छ । प्रदर्शनको पाचौँ साता पार गर्दा पनि उल्लेख्य शोसहित फिल्म प्रदर्शन भइरहेको छ । लेखक तथा निर्देशक प्रदीप भट्टराई निर्देशित अघिल्ला फिल्म झैँ यसले पनि ५१ औँ दिनको यात्रा तय गर्ने देखिएको छ ।

निर्देशक भट्टराईले स्वदेशसँगै विदेशका दर्शकले फिल्मलाई मन पराउनु सबै भन्दा ठूलो सफलता रहेको बताए । ‘हाम्रो फिल्मले विश्वभर रहनुभएका नेपालीलाई मनोरञ्जन दिएको छ । म लगायत मेरो टिमलाई प्राप्त भइरहेको संदेशले हामीलाई आउँदो दिनमा काम गर्न उत्साहित बनाएको छ । हामी नयाँ कामको तयारीमा छिटै जुट्ने छौँ’, निर्देशक भट्टराईले भने । उनी निर्देशक ‘जात्रा’, ‘शत्रु गते’, ‘जात्रै जात्रा’, ‘महापुरूष’ ले ५१ औँ दिनको यात्रा तय गरिसकेको छ ।

क्युएफएक्स अन्तर्गत भक्तपुरमा रहेको क्युएफएक्समा ४ शो, लबिम मलमा २ शो , सिभिल मलमा ३ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा १, दरबारमार्गमा रहेको राइजिङ मल क्युएफएक्समा १ शो दिएको छ । क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगन्जमा १ शो, वुटवलमा १ शो, दमौलीमा १ शो, नारायणघाटमा रहेको जलमामा १ शो, इटहरीमा १ शो दिएको छ ।

काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा ३ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा १ शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा १ शो, चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ३ शो, जमलमा रहेको विश्वज्योति सिनेमाजमा शो, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्समा २ शो, किर्तिपुरमा रहेको किर्तिपुर सिनेप्लेक्समा १ शो, सितापाइलामा रहेको सिने सिनेमाजमा २ शो, गोंगबुमा रहेको इन्फिनिटी मुभिजमा १ शो, बानेश्वरमा रहेको वान सिनेमाजमा ३ शो र कालिमाटीमा १ शो दिएको छ । यस्तै, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा १ शो, बानेश्वरमा रहेको आइएनआईमा १ शो र बुटवलमा रहेको आइएनआइमा १ शो दिएको छ ।

यस्तै, चितवनमा रहेको सिनेप्लेक्समा १ शो, पोखरामा रहेको सिनेप्लेक्समा १ शो, पोखरामा रहेको मिडटाउनमा १ शो, दमकमा रहेको डिम्याक्स सिनेमाजमा १ शो, धरानमा रहेको फ्रेन्ड्स सिनेमामा १ शो, दाङमा रहेको भीएफएक्स सिनेमाजमा १ शो लगायत विभिन्न हलमा प्रदर्शनरत छ ।

नेपालमा षट्कोण आर्ट्सबाट निर्मित अघिल्ला फिल्मको रेकर्ड तोडेको फिल्म ‘महाजात्रा’ अन्तर्राष्ट्रियबजारमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको छ । अन्तर्राष्ट्रिय वितरक कम्पनि एमएसएम इन्टरटेन्मेन्टले उपलब्ध गराएको तथ्याङ्कअनुसार नेपालपछिको दोस्रो ठुलो मार्केट मानिने अष्ट्रेलियामाको सिड्नीमा मात्र फिल्मको ३५ शो भईसकेको छ । यो अहिलेसम्म कुनै नेपाली फिल्मको भएको शो सङ्ख्यामा निकै उच्च छ । उक्त सम्पूर्ण शोहरू ‘सोल्ड आउट’ थिए ।

फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् । षट्कोण आर्ट्सले विसं २०८२ को दसैँमा नयाँ फिल्म दर्शक माँझ ल्याउने घोषणा समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ