२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

फेशियल गराउँदा एचआईभी सङ्क्रमण भएपछि….

१७ बैशाख २०८१, सोमबार ०६:५८

बैशाख १७, काठमाडौँ |  मानिसहरू हिजोआज लामो समयसम्म सुन्दर र जवान देखिन कस्मेटिक सर्जरी र सुईको साहारा लिइरहेका हुन्छन् । यसै मध्ये एक  फेशियल भ्याम्पायर फेशियल हो।

अमेरिकामा भ्याम्पायर (अनुहारमा सुई लगाएर छालालाई सुन्दर देखाउन गरिने) फेशियलबारे एउटा अचम्मको घटना बाहिरिएको छ । भ्याम्पायर फेशियल गराउन गएका तीन महिलालाई एड्स गराउने भाइरस एचआईभीको सङ्क्रमण भएको छ ।

 बढ्दो उमेरको निशानी छोप्न मानिसहरू भ्याम्पायर फेशियल ट्रिटमेन्ट गर्ने गरेका छन् । यसमा हातबाट रगत निकालेर सुईमार्फत सोही व्यक्तिको अनुहारमा इन्जेक्ट गरिन्छ । यसको लागि ४५ मिनेटदेखि एक घण्टासम्म समय लाग्छ ।

महिलाहरूलाई भाइरसको संक्रमण अमेरिकाको न्यू मेक्सिको राज्यको एक स्पामा भ्याम्पायर फेशियल गराउँदा भएको हुन सक्ने बिहीबार अमेरिकाको सेन्टर्स फर डिजीज कन्ट्रोल (सीडीसी)ले बताएको छ । कस्मेटिक इन्जेक्शनको क्रममा कसैलाई एचआईभी भएको यो पहिलो केस भएको सीडीसीको भनाई छ । यस अघि यस्तो घटना कहिले पनि नदेखिएको एउटा विज्ञप्तिमा सीडीसीले भनेको छ ।


सन् २०१८ मा एक महिलाले न्यू मेक्सिकोमा लाइसेन्स बिनै चलिरहेको एउटा स्पाबाट प्लेटलेट–रिच–प्लाज्मा माइक्रोनिडलिङ प्रक्रियाबाट फेशियल गराएका थिए । यसपछि महिलामा एचआईभी पोजिटिभ पाइएको थियो । यो घटना बाहिर आएपछि सीडीसीले न्यू मेक्सिकोको स्वास्थ्य विभागसँग मिलेर कस्मेटिक इन्जेक्शनबाट एचआईभी कसरी भयो भनेर यसको छानबिन गरेको थियो ।

एचआईभी सङ्क्रमण भएकी महिलाले कहिले पनि सुईबाट लागू औषध लिएकी थिइनन् । न त सङ्क्रमित रगत नै दिइएको थियो । उनले एचआईभी सङ्क्रमित व्यक्तिसँग यौन सम्पर्क पनि नराखेको बताइएको छ । भ्याम्पायर फेशियल गराएपछि उनमा एचआईभी पोजिटिभ देखियो । एचआईभीको सङ्क्रमण अल्बुकर्कको भीआईपी स्पामा भ्याम्पायर फेशियल गर्दा भएको सन् २०१९ मा न्यू मेक्सिकोको स्वास्थ्य विभागले भनेको छ ।

यस घटनापछि स्पालाई बन्द गराइयो । सन् २०२३ सम्ममा सो स्पाबाट भ्याम्पायर फेशियल गराएका चार महिला र एक पुरुषमा सङ्क्रमण पाइएको छ । पुरुष चार महिलामध्ये एकको पार्टनर भएको बताइएको छ । संक्रमितमध्ये दुईले कस्मेटिक सुई लगाउनु अघि नै आफूलाई सङ्क्रमण भएको हुन सक्ने बताएका थिए । तर तीन जनालाई भने स्पाबाटै सङ्क्रमण भएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो