2026-07-26 05:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

पुनः रिलिज भएको थालापथी बिजयको घिल्ली सबैभन्दा बढी कमाउने चौथों फिल्म

वैशाख १९, मुम्बइ। थालापथी विजयको फिल्म ‘घिल्ली’ २० अप्रिल २०२४ मा पुनः थिएटरमा रिलिज भएको थियो। 

यो फिल्मले आफ्नो मूल रिलिजको २० वर्ष पूरा गरेको उपलक्ष्यमा पुनः रिलिज गरिएको थियो । पुनः रिलिज भए पछि पनि यो फिल्मले विश्वव्यापी रूपमा १८.५० करोड भन्दा बढी कमाउन सफल भएएको छ। 

फिल्मको इन्डिया कलेक्सन २०.२५ करोड रुपैयाँ छ । योसँगै ‘घिल्ली’ले कमाईको मामिलामा शोले, टाइटानिक र अवतार जस्ता फिल्मलाई पछाडि पारेको छ । यसका साथै पुनः रिलिज भएपछि यो २१ औं शताब्दीको सबैभन्दा धेरै कमाउने फिल्म पनि बनेको छ ।

‘घिल्ली’ले यी सबै फिल्मलाई पछाडि छोडेको छ । सन् २००४ मा पहिलो पटक रिलिज भएको ‘घिल्ली’ले टिकट विन्डोबाट ५० करोड कमाएको थियो । त्यति बेला पनि यो तमिल फिल्महरूमध्ये सबैभन्दा बढी कमाइ गर्ने फिल्म थियो। तर पुनः रिलिज भएपछि यसले तहल्का मच्चाएको छ। यो फिल्मले ९ दिनमा देशभरबाट २०.२५ करोड कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

समाचार अनुसार सो फिल्म पुनः रिलिज भएका चलचित्रहरूको इतिहासमा सबैभन्दा धेरै कमाउने चलचित्र बनेको छ । यति मात्र होइन, २०२४ मा पनि ‘घिल्ली’ वर्षको चौथो सर्वाधिक कमाउने तमिल फिल्म बनेको छ।  यो वर्ष  ‘क्याप्टेन मिलर’, ‘आयलान’ र ‘लाल सलाम’ले मात्र ‘घिल्ली’ भन्दा बढी कमाइ गरेका छन् ।

‘घिल्ली’ एक रोमान्टिक एक्शन फिल्म हो, जसमा अलिकति खेलकुदको टच पनि रहेको छ । यो २००३ मा महेश बाबु स्टारर तेलुगु फिल्म ‘ओक्काड’ को तमिल रिमेक हो। तृषा कृष्णन, प्रकाश राज र आशिष विद्यार्थी जस्ता कलाकारले थलापथी विजयसँग ‘घिल्ली’ मा काम गरेका छन । यो चलचित्रलाई धरानीले निर्देशन गरेका हुन् । ‘घिल्ली’को पुनः रिलिजमा भएको कमाईलाई थालपथी विजयको स्टारडमसँग जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ