Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

प्रदीपको ‘ऐरी’ मा बलिउडका अभिनेता साङ्गे फाइनल

२०८१, २० बैशाख बिहीबार ०७:०४

बैसाख २०, काठमाडौँ । भुटानका चर्चित कलाकार सांगे सेल्ट्रिमले नेपाली चलचित्रमा अभिनय गर्ने भएका छन् । नेपाली चलचित्र ‘ऐरी’मा उनले काम गर्ने भएका हुन् । सांगे र चलचित्र ‘ऐरी’का निर्देशक जीवन थापाबीच बुधबार लिखित सम्झौता भएको छ । 

उनले नेपाली सिनेमामा काम गर्न पाउँदा आफू निकै उत्साहित भएको बताएका छन् । उनले भने, “मैले यो फिल्ममा काम गर्नुको मुख्य कारण यसको कथावस्तु हो । यसको कथावस्तु ऐतिहासिक छ । मलाई योद्धाको कथामा काम गर्न मन थियो । यसैले, यो फिल्मबाट मेरो सपना पूरा हुँदै छ ।” 


नायक प्रदीप खड्काको मुख्य भूमिका रहने चलचित्रको अहिले प्रि–प्रोडक्सनको काम भइरहेको छ । यो चलचित्र नेपाली र हिन्दीका साथै दक्षिण भारतीय भाषामा पनि डब गरिनेछ । ‘ऐरी’मा सुवास काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरको संयुक्त निर्माण रहनेछ । चलचित्रको छायांकन केही महिनापछि सुरु हुनेछ । 

 निर्माणपक्षले अब कलाकारहरुलाई अनुवन्धित गर्ने कामलाई अगाडि बढाएको बताए ।यो फिल्मका लागि अभिनेता प्रदिप खड्काले निकै मिहिनेत पनि गरिरहेका छन् ।

फिल्म ‘जवान’मा काम गरेपछि सांगेको चर्चा नेपाली दर्शकमाझ पनि निकै छ । यसैले, नेपाली फिल्ममा उनको प्रवेशले नेपालीसँगै भारतीय दर्शकलाई पनि उत्साहित बनाउने पक्का छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै