१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘होस्टेल ३’ बाट फिल्ममा डेब्यु गर्दै ‘कुल ब्वाई’

२१ बैशाख २०८१, शुक्रबार ०६:१७

बैशाख २१, काठमाडौँ । टिकटकमा ‘कुल ब्वाई’को रुपमा चर्चित मानिएका पारस बम ठकुरी अब फिल्ममा देखिने भएका छन् । 

उनले फिल्म ‘होस्टेल ३’बाट डेब्यु गर्न लागेका हुन् । बुधबार उनीसँग कार्यकारी निर्माता शंकर कोइरालाले कागजी सम्झौता गरेका छन् । उनलाई फिल्मको महत्त्वपूर्ण भूमिकामा लिइएको निर्देशक सशान कँडेलले जानकारी गराए । फिल्मले ‘डिमान्ड’ गरेको पात्रमा पारस सबै पक्षबाट उत्तम हुने भएपछि उनलाई लिइएको निर्देशक कँडेल बताउँछन् ।


पारस गायक समेत हुन् । उनका ‘कान्छी कता हिँडेको’, ‘बुवाको नाक होस्’ गीतहरु चर्चित छन् । उनले अब अभिनयमा आफूले पाइला चाल्न लागेकोमा खुसी व्यक्त गर्दै ‘होस्टेल’ जस्तो लिगेसी बोकेको फिल्मबाट डेब्यु गर्न पाउनु भाग्यको कुरा रहेको बताएका छन् । उनले दर्शकलाई निराश नगर्ने पनि वाचा गरेका छन् । 

होस्टेलमा बसेर अध्ययन गरिरहेका ‘टिनेजर्स’ र उनीहरुको भविष्यका घटनामा आधारित रहेर बन्न लागेको फिल्ममा माधव शर्माको स्क्रिप्ट लेखन छ । यसको कथा निर्देशक कँडेलकै हो । सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँग सहकार्य गरेर निर्माण हुन लागेको फिल्मको निर्मातामा शिशिर ज्ञवाली रहेका छन् भने सह-निर्मातामा सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा छन् । होस्टेल ३’लाई यस वर्षको अन्त्यतिर प्रदर्शनको तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार