१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

प्रकाश सपूतले गरे चलचित्र ‘वसन्त’ निर्माणको घोषणा, स्वस्तिमासँग जोडी बाँध्दै

२३ बैशाख २०८१, आईतवार ०९:५८

बैशाख २३, काठमाडौँ । गायक प्रकाश सपूतले चलचित्र निर्माणको घोषणा गरेका छन् । गायनमार्फत लोकप्रिय बनेका उनले सिनेमा निर्माणको घोषणा गरेका हुन् ।

आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै प्रकाशले चलचित्रको नाम र कलाकारबारे जानकारी गराएका छन् । ‘वसन्त’ नामक चलचित्रको मुख्य भूमिकामा प्रकाश स्वयं रहनेछन् । उनको अपोजिटमा स्वस्तिमा खड्का हुनेछिन् । चलचित्रमा अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहनेछ ।


चलचित्रको निर्देशन पनि प्रकाश आफैँले गर्नेछन् । सिनेमामा लेखन र संगीत समेत प्रकाशकै हुनेछ । चलचित्र आउँदो चैते दसैँमा रिलिज गरिने उनले बताएका छन् ।

सिनेमामा कार्यकारी निर्माता मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहनेछन् ।

प्रकाशले चलचित्र ‘परदेशी–२’ मा अभिनय गरेका थिए । सोही सिनेमाबाट अनुभव हासिल गरेर आफैँ निर्माणमा आएको उनले बताएका छन् । गीतमा जस्तै चलचित्रमा पनि दर्शकको माया पाउने उनको विश्वास छ ।

आफ्नो सिनेमाको छायांकनअगाडि उनले ‘पूर्णबहादुरको सारङ्गी’मा अभिनय गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार