2026-09-19 06:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

प्रदीप र दिव्याले सुरु गरे पोखराबाट ‘एक्टर’को छायांकन

बैशाख २८, काठमाडौँ । अभिनेता प्रदीप खड्का र नव-अभिनेत्री दिव्या रायमाझीले फिल्म ‘एक्टर’को छायांकन सुरु गरेका छन् ।

पोखरास्थित बिन्ध्यवासिनी मन्दिरमा शुक्रबार पूजाआजा गरेपछि फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मको पहिलो सट प्रदीप र दिव्याले दिएका छन् । पोखरामा १० दिन छायांकन हुने निर्माता थमन कुमार भण्डारीले जानकारी गराए । त्यसपछि बाँकी छायांकन काठमाडौंमा हुनेछ ।

राजन भुसालको डेब्यु निर्देशनमा बन्न लागेको फिल्ममा प्रदीप र दिव्यासहित राजबल्लभ कोइराला, दिव्यदेव, आना शर्मा, सुशील सिटौला लगायतको अभिनय रहनेछ । राजबल्लभले यही फिल्मबाट करिब दश वर्षपछि कमब्याक गर्न लागेका हुन् । यतिबेला अमेरिकामा रहेका उनी केही दिनमा नै नेपाल ओर्लिँदैछन् । दुई हप्ताअघि हवन यज्ञसहित फिल्मको शुभ-मुहूर्त गरिएको थियो ।

फिल्मलाई यस वर्षको तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज गर्ने तयारीमा निर्माण टिम छ । फिल्मको सह-निर्माता एनिस भुसाल हुन् । अदृत फिल्म्स र मोती फिल्मस्को प्रस्तुति रहेको फिल्मका छायाँकार नरेन्द्र मैनाली हुन् । फिल्ममा प्रदीपले कलाकारकै भूमिका निर्वाह गर्नेछन् । दिव्याको भने यो पहिलो फिल्म हो । उनी अभिनेता दीलिप रायमाझीकी छोरी हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई