शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कवाड व्यवसायी समाज नेपालका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा पुगे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कवाड व्यवसायी समाज नेपालका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा पुगे"/>

९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

२९ बैशाख २०८१, शनिबार ०६:३५

बैशाख २९, काठमाडौं । कवाड व्यवसायीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आफूहरुको व्यवसायमा काठमाडौं महानगरपालिकाले अवरोध गरेको भन्दै ध्यानाकार्षण गराएका छन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कवाड व्यवसायी समाज नेपालका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा पुगेका व्यवसायीहरुले काठमाडौं महानगरपालिकाभित्र दर्ता भई आफ्नो पेशा तथा व्यवसाय गर्दै आएका कवाडी व्यवसायीहरुलाई विस्थापित गराउनेगरि महानगरभित्रका वडा कार्यालयहरुबाट परिपत्र जारी गरिएकोमा आपत्ति जनाएका हुन् ।
महानगरले आफूहरुको व्यवसायिक फर्मको दर्ता नविकरणसमेत नगरेको उनीहरुको गुनासो थियो । उनीहरुले आफूहरुले प्रचलित कानूनबमोजिम दर्ता भएर सरकारलाई कर तिर्दै आएको कुरा पनि प्रधानमन्त्री दाहाललाई अवगत गराएका थिए ।
सम्मानित अदालतबाट कवाडी व्यवसायीका घर तथा टहराको संरचनालाई क्षति पुग्ने वा भत्काउने कार्य नगर्नु नगराउनु भनि (उच्च अदालत) बाट काठमाडौं महानगरपालिकाको नाममा आदेशसमेत जारी भएको कुरा उनीहरुले प्रधानमन्त्री दाहाललाई स्मरण गराएका थिए ।
सो क्रममा प्रधानमन्त्री दाहालले कवाड व्यवसायीहरुको व्यवसायको सुरक्षाको प्रत्याभूति गराउनको लागि सरकारले आवश्यक कदम चाल्ने विश्वास दिलाएका थिए । अदालतको आदेशविपरित कोहीपनि जान नमिल्ने प्रधानमन्त्री दाहालको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु