५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेस नेतासँगको संवादपछि प्रधानमन्त्रीले भने- भोलि बेलुकासम्म सहमति जुट्नेमा विश्वस्त छु

३० बैशाख २०८१, आईतवार ०६:३२

बैशाख ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बेलुकासम्म दलहरूबिच संवादमार्फत संसद्को अवरोध हटाएर नीति तथा कार्यक्रम सहजै अघि बढाउन सहमति जुट्ने विश्वास बढेको प्रतिक्रिया दिएका छन् । 

‘संसद् अवरोधको ढोका खोल्न नै मैले आज प्रमुख प्रतिपक्षसँग कुरा गरेको छु’, प्रचण्डले न्युज एजेन्सी नेपाललाई प्रतिक्रिया दिँदै भनेका छन्, ‘आजको छलफलमा अन्तिम निष्कर्षमा पुग्न नसकिए पनि मलाई के विश्वास भएको छ भने भोलि बेलुकासम्म हामी एउटा निष्कर्ष निकालेर नीति कार्यक्रम सहज ढङ्गले अगाडि बढ्ने वातावरण बन्छ ।’ 

प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान संसद् अवरोध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग छलफल गरेका थिए । कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री रवि लामिछानेसहित अनुसन्धानको दायरामा आउने गरी संसदीय समिति गठन नभएसम्म संसद्को अवरोध नहट्ने बताउँदै आएको छ । 

जेठ १ गते मङ्गलवार संसद्को संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम छ । सोही नीति तथा कार्यक्रमका आधारमा सरकारले बजेट सार्वजनिक गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना