2026-07-26 05:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

बिग बोस फेम अब्दू रोजिकले गरे अमिरासँग इन्गेजमेन्ट, जुलाई ७ मा विवाह गर्दै

बैशाख ३०, काठमाडौँ । भारतीय चर्चित रियालिटी शो  ‘बिग बोस’ फेम अब्दु रोजिकले इन्गेजमेन्ट गरेका छन् । अब्दुले शुक्रबार राति सामाजिक सञ्जालमा दुईवटा पोस्ट सेयर गर्दै आफूले इन्गेजमेन्ट गरेको घोषणा गरेका थिए ।

मंगेतर अमिराको साथमा तस्बिर शेयर गर्दै उनले आफ्नो प्रेमकथा पनि भनेका थिए ।आफूले प्रेम विवाह गर्न लागेको अब्दूले बताएका छन् । अमिरा र उनको विगत चार महिनादेखि चिनजान भएको बताइएको छ । आफूहरूले जुलाई ७ मा विवाह गर्ने र आफ्नो बिहेमा सलमान खान पनि आउने बताइएको छ । 

अब्दुले सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गरेका छन् । भिडियोमा उनी निकै खुसी देखिन्छन् । भिडियोमा आफूले इन्गेजमेन्ट गर्न लागेको उनले बताएका थिए । त्यसको एक दिनपछि शनिबार अब्दुले आफ्नो इन्गेजमेन्ट समारोहका दुई तस्बिर सेयर गरेका थिए । यी तस्बिरहरूमा अब्दु परम्परागत पोसाकमा अमिरासँग औंठी साटिरहेका देखिन्छन् ।

अमिराले शारजाहबाट बिजनेस एडमिनिस्ट्रेशन पढिरहेकी अब्दूले बताएका छन् । अमिरा र आफ्नो बिहे जुलाई ७ मा दुबईमा हुने अब्दूले बताए । यो विवाह समारोहमा सलमान खानसहित धेरै ठुला सेलिब्रेटीहरु सहभागी हुने बताइएको छ । सलमानले पनि आफूलाई फोन गरेर बधाई दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ