५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जीबी राईलाई अघिल्लो सरकारले भगायो भन्नु बेतुकको कुरा हो: प्रधानमन्त्री प्रचण्ड

३० बैशाख २०८१, आईतवार १२:४३

बैशाख ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जीबी राईलाई अघिल्लो सरकारले भगाएको गृहमन्त्रीको दाबीको खण्डन गरेका छन् ।

आइतबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले कोही व्यक्तिलाई नतोकि समग्र संकटग्रस्त सहकारीको अध्ययन गर्नेगरि समिति बनाउन कांग्रेससंग छलफल भएको र यसमा सहमति हुने विश्वास व्यक्त गरे ।

गृहमन्त्रीले त अघिल्लो सरकारले भगाएको हो भन्नु भएको छ नि भन्ने सञ्चारकर्मीको  प्रश्नमा प्रचण्डले भने, वाहियात कुरा हो । त्यस्तो तर्क कसैले पनि गर्न हुँदैन ।’

जीबी राईलाई ल्याउनुपर्छ भन्नेमा सरकार प्रष्ट रहेको भन्दै उनले भने, अघिल्लो सरकारले, अघिल्लो प्रधानमन्त्रीले, अघिल्लो गृहमन्त्रीले भगायो भन्ने बेतुकको कुरा हो ।’

सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले संसदको गतिरोध अन्त्यका लागि पहल भइरहेको बताए । कांग्रेससँग आइतबार बिहान सकारात्मक सम्वाद भएको भन्दै उनले यदि भोलि साँझसम्म सहमति नभएपनि कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिलाई रोक्छ भन्ने नलागेको बताए ।

प्रधानमन्त्री प्रचण्डले सहकारीको वचत हिनामिना गरेको आरोप लागेका जीबी राईलाई पक्राउ गरेर ल्याउने प्रयास भइरहेको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु