९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राजीनामा पछि महन्थ भेट्न पुगे उपेन्द्र, के भयो कुराकानी ?

३१ बैशाख २०८१, सोमबार ०७:१५

बैशाख ३१, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट राजीनामा दिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेटेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो राजीनामा पठाएर उनी सिधै लोसपा अध्यक्ष महन्थ ठाकुरलाई भेट्नका लागि उनको निवास पुगेका हुन् ।

भेटमा अध्यक्ष यादवले मधेस प्रदेशको सरकारमा सहयोग गर्न आग्रह गरेको स्रोतले जानकारी दिएको छ । जसपा नेपालको नेतृत्वमा रहेको मधेस प्रदेशको सरकारबाट एमाले र माओवादी केन्द्रले फिर्ता लिइसकेपछि सो सरकार अहिले अल्पमतमा परेको छ । कांग्रेस, नेकपा (एस) र लोसपाले साथ दिए जसपा नेतृत्वको सरकार जोगिन सक्ने अवस्था देखेर अध्यक्ष यादव लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग सहयोग माग्न पुगेको स्रोतको भनाई छ ।


छलफलका क्रममा यादवले आफ्नो पार्टी माओवादी र एमालेले मिलेर विभाजन गराएको गुनासो गरेका थिए । ‘यादवजीले मधेसमा लोसपा र जसपा मिलेर जानुपर्छ भन्ने कुरा राख्नुभयो,’ महन्थ ठाकुरनिकट एक नेताले बताए ।

जवाफमा लोसपाका अध्यक्ष ठाकुरले यादवलाई भनेको कुरा उद्धृत गर्दै तीन नेताले भने, ‘अहिले तपाईंले हस्ताक्षर गरेको गठबन्धन छ । दुईवटा गठबन्धन वा सहकार्य कसरी हुन्छ ? हामी त त्यो गठबन्धनमा छैनौँ नि ।’ त्यसपछि अध्यक्ष यादवले आफूले सरकारबाट राजीनामा तथा समर्थन समेत फिर्ता लिइसकेपछि गठबन्धनमा बसे/नबसेको कुनै औचित्य नरहने धारणा राखेका थिए । 

अध्यक्ष उपेन्द्र यादवले राखेको प्रस्तावमा अध्यक्ष ठाकुरले कुनै प्रतिबद्धता नजनाएको पनि ती नेताको भनाई छ । 

यता, लोसपाका महासचिव मनिष मिश्रले दुई अध्यक्षबिच समसामयिक विषयमा कुराकानी भएको बताए । मधेस सरकार, केन्द्र सरकार, गठबन्धनलगायतको विषयमा कुराकानी भएको तर कुनै ठोस निष्कर्ष भने ननिस्केको उनले बताए ।

जसपा नेपालबाट बाहिरिएपछि अशोक राईको नेतृत्वमा अर्को पार्टी बनिसकेको छ । पार्टी विभाजन भएपछि फरक ढङ्गले राजनीतिक घटनाक्रम अगाडि बढेका छन् ।

मधेस प्रदेश सरकारबाट माओवादी र एमालेले समर्थन फिर्ता लिइसकेपछि त्यहाँ अर्को नयाँ सत्ता समीकरण निर्माण तयारी चलिरहेको छ । हिजो माओवादी, लोसपा, जनमत र एमालेका नेताहरूले एकसाथ हात मिलाएको फोटो सार्वजनिक गरेर नयाँ गठबन्धनको सङ्केत गरेका थिए ।

तर अहिलेसम्म नयाँ गठबन्धनको कुनै कुरा नभएको लोसपाका महासचिव मिश्रले बताए । उनले भने, ‘मधेस प्रदेशमा पार्टीका साथीहरूले व्यक्तिगत भेटघाटमा कुनै ऐक्यबद्धताको बारेमा कुराकानी गर्नुभएको हो । तर अहिले नै त्यहाँ कुनै गठबन्धन बनेको छैन ।’ 


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु