प्रदेश इञ्चार्ज, सह इञ्चार्ज र त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रदेश इञ्चार्ज, सह इञ्चार्ज र त"/>

2026-07-07 06:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माओवादी एसिया प्रदेश समितिको संयोजकमा ओली र सचिवमा पन्त

वैशाख ३१, काठमाडौं । नेकपा माओवादी केन्द्रको एसिया प्रदेश संगठन समितिको संयोजकमा शनि कुमार ओली (नवराज) निर्वाचित भएका छन्।


प्रदेश इञ्चार्ज, सह इञ्चार्ज र त्यहाँ कार्यरत केन्द्रीय सदस्यको सिफारिसमा पदाधिकारी र सदस्यहरू रहेको प्रदेश  संगठन समिति गठन गरिएको महासचिव देव गुरुङले जानकारी दिए। 

जसअनुसार पदाधिकारीतर्फ  सह संयोजकमा भुपाल श्रेष्ठ र हरि नेपाली, सचिवमा भवानी पन्त,  सहसचिवमा श्री कृष्ण भट्टराई र दिपक पुन  चयन हुँदा कोषाध्यक्षमा बाबुराम विश्वकर्मा चयन भएका छन्। 

यस्तै कार्यसमितिको सदस्यहरूमा रमेश तिवारी, रामहरि पुडासैनी, दुर्गा मिलन गुरुङ, अरुण श्रेष्ठ, श्री प्रसाद श्रेष्ठ, इश्वरी कठायत, अर्जुन घर्तिमगर, प्रेम पाण्डे, मुक्ति मरासिनी, हवलचन्द्र लामा, कालिका थापा, शालिकराम भण्डारी,  जैवी चाम्लिङ राई, बुद्धि भण्डारी, रवि रमण अधिकारी  र  मनु मगर चयन भएका छन्। 

यस्तै  नारायण विश्वकर्मा,  कमल शाही, उमेश बिश्वकर्मा, होमनाथ शर्मा,  ठाकुर प्रसाद ढुङ्गाना, कमल महत, युवराज के.सी,  भिम केरुङ, दुर्गा प्रसाद प्याकुरेल, युवराज कार्की र  रेशम पौडेल पनि सदस्य चयन भएका छन्। 

माओवादी केन्द्रको गत फागुन १३ गते सम्पन्न पार्टीको विधान अधिवेशनबाट पारित विधानको  ब्यवस्था अनुसार एसिया (सार्क बाहेक) प्रदेश समितिको निर्माण गर्ने निर्णय भएको थियो। 

माओवादीले एसिया प्रदेश संगठन समितिको इन्चार्जमा उपाध्यक्ष पम्फा भुसाल र सहइन्चार्जमा ओम शर्मालाई यसअघि नै जिम्मेवारी दिइसकेको छ। यसैगरी प्रवास प्रदेश समिति भारत प्रदेशको इन्चार्जमा लक्ष्मण पन्त छन् भने प्रवास प्रदेश समिति युरोप र  अमेरिका प्रदेशको इन्चार्जमा सुरेन्द्र कुमार कार्की चयन छन्। तीनमध्ये भारत प्रदेश र युरोप र  अमेरिका प्रदेशको कमिटी भने गठनको प्रक्रियामा रहेको माओवादी केन्द्रले जनाएको छ। 

नवनियुक्त सम्योजक ओलीले आफूले पार्टीको लागि सक्दो काम गर्ने बताए। उनले पार्टीलाई उक्त जिम्मेवारी दिएकोमा नेतृत्वप्रति आभार ब्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली