प्रदेश इञ्चार्ज, सह इञ्चार्ज र त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रदेश इञ्चार्ज, सह इञ्चार्ज र त"/>

९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माओवादी एसिया प्रदेश समितिको संयोजकमा ओली र सचिवमा पन्त

३१ बैशाख २०८१, सोमबार १५:२६

वैशाख ३१, काठमाडौं । नेकपा माओवादी केन्द्रको एसिया प्रदेश संगठन समितिको संयोजकमा शनि कुमार ओली (नवराज) निर्वाचित भएका छन्।


प्रदेश इञ्चार्ज, सह इञ्चार्ज र त्यहाँ कार्यरत केन्द्रीय सदस्यको सिफारिसमा पदाधिकारी र सदस्यहरू रहेको प्रदेश  संगठन समिति गठन गरिएको महासचिव देव गुरुङले जानकारी दिए। 

जसअनुसार पदाधिकारीतर्फ  सह संयोजकमा भुपाल श्रेष्ठ र हरि नेपाली, सचिवमा भवानी पन्त,  सहसचिवमा श्री कृष्ण भट्टराई र दिपक पुन  चयन हुँदा कोषाध्यक्षमा बाबुराम विश्वकर्मा चयन भएका छन्। 

यस्तै कार्यसमितिको सदस्यहरूमा रमेश तिवारी, रामहरि पुडासैनी, दुर्गा मिलन गुरुङ, अरुण श्रेष्ठ, श्री प्रसाद श्रेष्ठ, इश्वरी कठायत, अर्जुन घर्तिमगर, प्रेम पाण्डे, मुक्ति मरासिनी, हवलचन्द्र लामा, कालिका थापा, शालिकराम भण्डारी,  जैवी चाम्लिङ राई, बुद्धि भण्डारी, रवि रमण अधिकारी  र  मनु मगर चयन भएका छन्। 

यस्तै  नारायण विश्वकर्मा,  कमल शाही, उमेश बिश्वकर्मा, होमनाथ शर्मा,  ठाकुर प्रसाद ढुङ्गाना, कमल महत, युवराज के.सी,  भिम केरुङ, दुर्गा प्रसाद प्याकुरेल, युवराज कार्की र  रेशम पौडेल पनि सदस्य चयन भएका छन्। 

माओवादी केन्द्रको गत फागुन १३ गते सम्पन्न पार्टीको विधान अधिवेशनबाट पारित विधानको  ब्यवस्था अनुसार एसिया (सार्क बाहेक) प्रदेश समितिको निर्माण गर्ने निर्णय भएको थियो। 

माओवादीले एसिया प्रदेश संगठन समितिको इन्चार्जमा उपाध्यक्ष पम्फा भुसाल र सहइन्चार्जमा ओम शर्मालाई यसअघि नै जिम्मेवारी दिइसकेको छ। यसैगरी प्रवास प्रदेश समिति भारत प्रदेशको इन्चार्जमा लक्ष्मण पन्त छन् भने प्रवास प्रदेश समिति युरोप र  अमेरिका प्रदेशको इन्चार्जमा सुरेन्द्र कुमार कार्की चयन छन्। तीनमध्ये भारत प्रदेश र युरोप र  अमेरिका प्रदेशको कमिटी भने गठनको प्रक्रियामा रहेको माओवादी केन्द्रले जनाएको छ। 

नवनियुक्त सम्योजक ओलीले आफूले पार्टीको लागि सक्दो काम गर्ने बताए। उनले पार्टीलाई उक्त जिम्मेवारी दिएकोमा नेतृत्वप्रति आभार ब्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु