2026-07-07 06:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र

जेठ १, काठमाडौँ । विभिन्न सहकारीको अर्बौं रकम घोटाला गरी फरार रहेका जिबी राईको राहदानी रद्द गर्न प्रहरीले राहदानी विभागमा पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार राईको पासपोर्ट रोक्का गर्नको लागि विभागमा पत्राचार गरेको हो । 

राहदानी विभागले भने अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको प्रहरीले जनाएको छ । राईले विभिन्न सहकारीको रकम हिनामिना गरेको भन्दै कास्की, रुपन्देहीलगायत जिल्लामा उजुरी परेको छ । राईविरूद्ध इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी गरेको छ । यद्यपि उनी अझै पक्राउ पर्न सकेका छैनन् । 


उनलाई पक्राउ गर्न कूटनीतिक तवरबाट पनि प्रयास भइरहेको सरकारले दाबी गर्दै आएको छ । प्रहरी प्रमुख आइजिपी बसन्त कुँवरले उनी मलेसियामा रहेको बताएका थिए । जसपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मलेसियाका गृहमन्त्रीसँग फोनमा कुराकानी समेत गरेका थिए ।

अभियुक्तलाई पक्राउ गरी ल्याउन मलेसियासँग सुपुर्दगी सन्धी नभएकाले कठिन भएको प्रहरीको भनाइ छ । उनलाई फिर्ता ल्याउन प्रहरीले उनको राहदानी नै रद्द वा रोक्का गर्ने तयारी गरेको हो । राहदानी ऐन, २०७६ को दफा १२ र दफा १५ अनुसार राहदानी रोक्का वा रद्द गर्न प्रहरीले माग गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली