२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घाँटीमा बन्चरो प्रहार गरी श्रीमान्को हत्या

२०७३, ९ कार्तिक मंगलवार ०७:०२

कात्तिक ९, कैलाली । आपसी घरायसी झैझगडा हुँदा श्रीमतीले श्रीमान्को घाँटीमा बन्चरो प्रहार गरी हत्या गरेकी छिन् । 

कैलालीको घोडाघोडी नगरपालिका– ६ शीतलपुर बस्ने २५ वर्षकी लक्ष्मी विष्टले सोमबार आफ्ना श्रीमान् ३२ वर्षीय लालबहादुर विष्टको घाँटीमा बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । 

प्रहरीले श्रीमान् र श्रीमतीबीच घरायसी झै–झगडा हुँदै गर्दा बन्चरोको प्रहारबाट उक्त घट्ना भएको भनी अनुसन्धानमा खुलेको जनाएको छ । 

हत्या गरी भागेकी श्रीमतीलाई भने घोडाघोडी नगरपालिकाकै थुम्की भन्ने स्थानबाट पक्राउ गरी नियन्त्रणमा लिएको प्रहरी जनाएको छ । 

यसैगरी घरमा बनाएको लोकल रक्सी खाने क्रममा झुक्किएर एसिड खाएपछि एक महिला जीवन मरणमा परेकी छिन् 

कैलालीको अत्तरिया नगरपालिका– १० बाँसखेडाकी सुनिता चौधरीले घरमा बनाएको लोकल रक्सी खाने क्रममा झुक्किएर एसिड खाएपछि उपचारमा लापरबाहीका कारण उहाँको स्वास्थ्य जोखिममा परेको छ । 

चौधरीको एसिडले आन्द्रा पोलिसकेको अवस्थामा चिकित्सकले त्यसैमा इन्डोस्कोपी गर्दा झनै ठूलो घाउ भएपछि अवस्था चिन्ताजनक भएको उनका श्रीमान् हेमराज चौधरीले बताउनुभयो । 

उपचारका लागि सेती अञ्चल अस्पताल पुर्याएकी चौधरीलाई अस्पतालमा रहेको इन्डोस्कोपी मेसिन बिग्रिएको भन्दै सिटी पोलिक्लिनिकमा लगिएको थियो । 

सिटी पोलिक्लिनिकका डाक्टर मेराज आलम अन्सारीले इन्डोस्कोपी गरेलगतै उनको अवस्था झन चिन्ताजनक भएको परिवार जनले आरोप लगाएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी