२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कार्यदलको बैठक निष्कर्षविहीन

२०८१, ६ जेष्ठ आईतवार ११:३५

जेठ ६, काठमाडौं । सहकारी ठगी प्रकरणको संसदीय छानबिन समिति बनाउनेबारे टीओआर तय गर्न बसेको कार्यदलको बैठक निष्कर्षविहीन भएको छ।  सिंहदरबारमा आइतबार विभिन्न चरणमा बसेको कार्यदलको बैठकमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम समावेश गर्ने नगर्ने भन्ने सत्ता पक्ष र प्रतिपक्षबीच सहमति नभएपछि कार्यदलको बैठक निष्कर्षविहीन बनेको हो ।  

बैठकपश्चात एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सैद्धान्तिक सहमतिको नजिक पुगेपनि टीओआर टुंग्याउन बाँकी रहेको जानकारी दिए। बर्तौलाले कांग्रेसले लामिछानेमाथि मात्र केन्द्रित भएकाले विषय नटुंगिएको बताए। उनले आजको प्रतिनिधि सभाको बैठकपश्चात पुन कार्यदलको बैठक बस्ने बताए। उनले आज गृहमन्त्रीले कांग्रेसले उठाएको प्रश्नको जवाफ दिने र बैठक स्थगित हुने बताए।

उनले बचत कर्ताको रकम अपचलन गरेका सबै सहकारीमाथि छानबिन हुनुपर्ने माग सत्ता पक्षको रहेको बताए। उनले २/४ वटा मात्र सहकारीमा समस्या नभएकाले सबै समस्याग्रस्त सहकारीका पीडितको माग पनि सरकारले सम्बोधन गर्नुपर्ने पक्षमा रहेको बताए। उनले कांग्रेसले माग गरेको संसदीय छानबिन समिति गठन गर्न तयार भएपनि कांग्रेस समग्र सहकारी पीडितलाई न्याय दिने पक्षमा नभएको बताए। 

कांग्रेस उपमहामन्त्री जीवन परियारले गृहमन्त्री लामिछाने छानबिनको दायरामा आउनुपर्ने अडान कायमै रहेको बताए। उनले सत्ता पक्षका दलहरु लामिछानेको नाम राखेर नै समिति बनाउन उपयुक्त नहुने भन्दै आइरहेको उल्लेख गरे। परियारले छानबिन गर्नुपर्ने व्यक्तिकै नाम नराखेपछि छानबिन समितिको अर्थ नहुने पार्टीको धारणा रहेको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय