९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उपेन्द्रले सभामुखलाई दिए नयाँ दल बनाएका सात सांसदलाई कारवाही गरेको जानकारी

६ जेष्ठ २०८१, आईतवार १२:२६

जेठ ६, काठमाडौँ । जसपा नेपालले नयाँ दल जसपा बनाएका ७ सांसदलाई कारवाही गरेको जानकारी सभामुखलाई दिएको छ ।

जसपा नेपालका अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादवले सभामुखलाई पत्र लेख्दै अशोक राई, नवल किशोर शाह सुडी, रन्जु कुमारी झा, विरेन्द्र प्रसाद महतो, प्रदीप यादव हसीना खान र सुशिला श्रेष्ठलाई कारवाही गरेको जानकारी दिएका हुन् ।


हाल सर्वोच्च अदालतले नयाँ दल जसपालाई यथास्थितिमा दिन अन्तरिम आदेश दिएको उल्लेख गर्दै यादवले कानुनमा नभएको व्यवस्था पर्योग गरेर निर्वाचन आयोगले दल दर्ता गरिदिएको उल्लेख गरेका छन् ।

साथै पत्रमा सात सांसदको सदस्यता रिक्त भएको र सर्वोच्च आदेश अनुसार पनि उनीहरुलाई प्रधानमन्त्रीले लिने विश्वासको मतसहित प्रतिनिधिसभाको कुनै पनि गतिबिधिमा सामेल नगराउन ध्यानाकर्षण समेत गराएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु