2026-09-18 06:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

विश्वासको मत नदिएर प्रचण्डको हिसाब बिगार्ने यी हुन् दुई सांसद्

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत पाएका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले १५७ सांसदको समर्थन पाएर प्रधानमन्त्रीमा विश्वास पाएका हुन्। 

प्रधानमन्त्री प्रचण्डले यसपटक १५९ सांसदको समर्थन पाउने हिसाब गरेका थिए।

नेकपा माओवादी केन्द्रका एक पदाधिकारीले तेस्रो पटकको भन्दै यसपटक विश्वासको मत दिने सांसद संख्या बढ्ने बताएका थिए।

माओवादीको विश्लेषण अनुसार, जनमत पार्टीको ६ र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट (जसपा) विभाजन भएर बनेको जनता समाजवादी पार्टीको ७ सांसद थपिने निश्चित थियो।

त्यसअनुसार एमाले ७५, (गम्भीर बिरामी वसन्त नेम्वाङ, निलम्बित सांसद टोपबहादुर रायमाझी र सभामुख देवराम घिमिरे मतदान प्रक्रियामा सहभागी हुन पाएनन्), माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २१, नेकपा एकीकृत समाजवादी १०, जनमत पार्टी ६, नागरिक उन्मुक्ति पार्टी ४ र योगेन्द्र मण्डल, प्रभु साह र अमरेशकुमार सिंह गरी ३ जना स्वतन्त्र सांसदको मत प्रचण्डले पाउनुपर्ने हो।

त्यसो हुँदा १५९ सांसदको समर्थन प्रचण्डको पक्षमा जान्थ्यो। त्यही हिसाब बालुवाटारले पनि गरेको हो। त्यही भएर ६८ दिनपहिले भन्दा यसपटक विश्वासको मत दिने संख्या बढ्ने बालुवाटारको अनुमान थियो। तर, त्यसो भएन।

१५७ सांसदको मात्र प्रचण्डले समर्थन पाए। यसअघि गत फागुन ३० गते विश्वासको मत लिँदा पनि प्रधानमन्त्री प्रचण्डले १ सय ५७ जना सांसदकै समर्थन पाएका थिए।

प्रधानमन्त्रीसमेतले गरेको हिसाबमा दुईजना सांसद अनुपस्थित भएका छन्।

संसद सचिवालय स्रोतका अनुसार प्रचण्डलाई यसपटक एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला र नागरिक उन्मुक्तिका सांसद गंगाराम चौधरीले मत प्रधानमन्त्रीले पाएनन्। 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ‘इफ, बट’ केही नभनी प्रधाानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताएका थिए।

उनकै पार्टीका उपमहासचिवसमेतरहेका सांसद ज्वाला भने सोमबारेको संसद बैठकमा अनुपस्थित रहे।

उता नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पुरै ४ जना सांसदको मत प्रचण्डलाई दिने बताएकी थिइन्।

उनले ह्वीप नलगाएपनि प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई सबै मत दिने दाबी गरेकी थिइन। तर, उनको पार्टीको सांसद चौधरी अनुपस्थित भएका छन्।

उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट हालेर अशोक राई नेतृत्वको जसपालाई प्रधानमन्त्री प्रचण्डको पक्षमा विश्वासको मत दिन रोक्न आग्रह गरेका थिए। 

यादवले सभामुख देवराज घिमिरेलाई समेत पत्र पठाउँदै विश्वासको मत दिन नहुने भनेका थिए। 

तर, राई नेतृत्वको जसपाको पुरै ७ सांसदको समर्थन प्रचण्डले पाए।

यसैगरी अघिल्लो पटक फागुन ३० मा विश्वासको मत नदिएको जनमत पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई