२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

बलिवुड फिल्म रामायणको तयारी तिब्र, दुई भागमा बन्ने

२०८१, ८ जेष्ठ मंगलवार ०६:३७

जेठ ८, काठमाडौं । बलिवुडमा नितेश तिवारीको निर्देशनमा बन्न लागेको बहुप्रतिक्षित चलचित्र रामायणको तयारी तिब्र रुपमा भइरहेको छ । चलचित्र रामायणलाई दुई छुट्टाछुट्टै भागमा बनाइने बताइएको छ भने दुवै भागको छायांकन एक वर्षमा एकैपटक सम्पन्न हुने बताइएको छ ।

फिल्म रामायणको निर्माण टिमका अनुसार नितिश तिवारीले रणवीर कपूर, यश, साई पल्लवी र सनी देओलसँग रामायणका दुई भागको सुटिङ सुरु गरिसकेका छन् । चलचित्रलाई ठूलो परिमाणमा देखाउन र राम्रोसँग प्रस्तुत गर्न निर्माताले यसलाई २ भागमा बनाउने निर्णय गरेका छन् । चलचित्र उद्योगमा अधिकांश चलचित्रकर्मी पहिलो भागको नतिजा देखेपछि दोस्रो भागको तयारीमा लागे पनि रामायणको दुवै भाग एकैसाथ छायांकन हुनेछ । यसअघि यो फिल्म ३ पार्टमा बन्ने भएको थियो ।


टोलीले रामायणका दुवै भागको छायांकनका लागि ३५० दिनको छायांकन तालिका बनाएको छ जसमा विस्तारित स्टार कास्टको एकल दृश्य पनि समावेश हुनेछ । दुवै भाग एक वर्षको अन्तरालमा रिलिज हुनेछन् । फिल्म रामायणको प्रिन्सिपल छायांकन आउँदो डिसेम्बरसम्ममा सक्ने गरी फिल्मको पोस्ट प्रोडक्सनको काम सुरु हुने बताइएको छ । चलचित्र रामायणमा कलाकारहरुको लुक्सको निरन्तरता कायम राख्न दुवै पार्टको एकैसाथ छायांकन गर्ने निर्णय गरिएको छ ।

नितिश तिवारीको निर्देशनमा बन्न लागेको रामायणमा रणवीर कपूर भगवान श्रीरामको भूमिकामा देखिने भएका छन् । यो भूमिकाका लागि रणवीरले कडा तालिम लिइरहेका छन् । उनीसँगै साउथकी चर्चित अभिनेत्री साई पल्लवी माता सीताको भूमिकामा देखिनेछिन् । फिल्ममा सनी देओल हनुमानको भूमिकामा देखिनेछन् भने अभिनेत्री लारा दत्त कैकेयीको भूमिकामा देखिनेछन् । त्यस्तै रावणको भूमिका अभिनेता यशले निभाउने बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह