२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

अनन्त- राधिकाको दोस्रो प्रि-वेडिङ समारोहमा केट पेरीको परफरमेन्स

२०८१, १८ जेष्ठ शुक्रबार ११:४८

जेठ १८, काठमाडौँ । अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहपूर्वको दोस्रो समारोह इटालीमा जारी रहेको छ । अनन्त अम्बानीले राधिका मर्चेन्टसँग जुलाई १२ मा मुम्बईमा विवाह गर्दैछन् । हलिउड गायिका केटी पेरीले यो दोस्रो प्रि-वेडिङ समारोहमा प्रस्तुति दिने भएकी छन् ।

हलिउड गायिका केटी पेरीले कान्समा अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि-वेडिङ पार्टीमा प्रस्तुति दिने छिन् । शुक्रबार साँझ आयोजना गरिने पार्टीमा पेरीले प्रस्तुति दिने बताइएको छ । यसका लागि केटीलाई लाखौँ डलरको चेक दिइएको बताइएको छ । तर उनले ठ्याक्कै कति रकम लिइन् भन्ने खुलासा भएको छैन । यो एक मास्करेड बल पार्टी हुन गइरहेको छ, जसमा उपस्थित सबै अतिथिहरूले आफ्नो अनुहारमा मास्क लगाउनेछन् । यस पार्टीका लागि अम्बानी परिवारले कान्समा ४ करोड पाउण्डको भिला बुक गरेको छ । ५ घण्टासम्म चल्ने यस पार्टीमा पाहुनाका लागि ठूलो आतिशबाजीको पनि आयोजना गरिएको बताइएको छ । 


यसअघि, क्रुजबाट लोकप्रिय ब्यान्ड ब्याकस्ट्रिट ब्वाईजको प्रदर्शनको भिडियो अनलाइन बाहिर आएको थियो । भाइरल क्लिपले निक कार्टर, होवी डोरो, ब्रायन लिट्रेल, एजे म्याक्लिन र केभिन रिचर्डसन समावेश भएका ब्याकस्ट्रिट केटाहरू देखाउँछन्, सबै सेतो पहिरन लगाएर उनीहरूको लोकप्रिय ट्र्याक 'आई वाना बी विथ यू' गाउँदै क्रूज भीडमा पुगेका छन् ।

यस अघि जामनगरमा भएको पहिलो प्रि-वेडिङ सेरेमनीमा अन्तर्राष्ट्रिय गायिका रिहानाले परफॉर्म गरेकी थिइन् जसको लागि उनलाई ७४ करोड भारु दिइएको चर्चा थियो । 

अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह १२ जुलाईमा हुँदैछ । तीन दिनसम्म चल्ने यो भव्य समारोह मुम्बईको जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो