कात्तिक १०, धनकुटा । नेकपा एमालेका नेता भीम आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले समानन्तर प्रशासन चलाउने प्रयास गरेका कारण उनका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १०, धनकुटा । नेकपा एमालेका नेता भीम आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले समानन्तर प्रशासन चलाउने प्रयास गरेका कारण उनका"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकमानले समानन्तर सरकार चलाउन खोजे: नेता आचार्य

१० कार्तिक २०७३, बुधबार ०९:१८

कात्तिक १०, धनकुटा । नेकपा एमालेका नेता भीम आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले समानन्तर प्रशासन चलाउने प्रयास गरेका कारण उनका विरुद्ध महाभियोग प्रस्ताव ल्याउनु परेको  बताएका छन् । 

प्रेस चौतारी नेपालले आज धनकुटामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कार्कीले समानान्तर सरकार चलाउन मात्र खोजेनन्, अदालतको मानहानी हुनेगरी संवैधानिक व्यवस्थाको धज्जी उडाउने भएकाले पनि उनका विरुद्धको महाअभियोग प्रस्ताव संसद्को दुई तिहाइ मतले पारित हुने दाबी गरे । 

एमाले प्रदेश नं. १ का इन्चार्ज समेत रहनुभएका नेता आचार्यले संविधान कार्यन्वयनका लागि दलबीचको एकता आजको आवश्यकता हो भन्दै दलबीचको सहमति र सहकार्यबाट नै मुलुकको समृद्धि हुने बताए । 

संविधान कार्यन्वयनमा सबै दल एक ठाउँमा नआए सङ्घीय संसद्, प्रदेश र स्थानीय तहको निर्वाचन सम्भव नहुने बताउँदै उनले भने– संविधान कार्यान्वयनका लागि दलबीच सहकार्य गर्न एमालेले छलफल अगाडि बढाएको छ । 

नेता आचार्यले संविधानमा सबैजातजाती, भाषा, धर्म र समुदायको अधिकार सुनिश्चित गरेकाले अब अधिकारको आन्दोलको आवश्यकता नभएको बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ