Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काँग्रेस हचुवाको भरमा अगाडि बढदैन: मन्त्री भण्डारी

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक १०, इनरुवा । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावका विषयमा काँग्रेसले हचुवाको भरमा निर्णय नगर्ने बताएका छन् ।

सुनसरीको चिमडी गाविसस्थिते वरजु ताल संरक्षण तथा निर्माणमा नेपाली सेनाको श्री नं–१ राष्ट्र विकास गणले गर्दै आएको पुनःनिर्माण कामको अवलोकन गर्दै वनमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री भण्डारीले सो कुरा बताएका हुन् ।

मन्त्री भण्डारीले सत्ता साझेदार दल माओवादीले महाभियोग प्रस्तावको विषयमा काँग्रेससँग कुनै सल्लाह नगरी एमालेसँग मिलेर प्रक्रिया अघि बढाएकाले यसमा आफनो पार्टीले हचुवाको भरमा उनले एमाले र माओवादीको हतारको निर्णयले मुलुकमा जस्तोसुकै परिणाम समेत निम्तनसक्ने भएकाले त्यसमा काँग्रेसले सुक्ष्म अध्ययन, अनुसन्धान गरेर मात्र अगाडि बढने धारणा राखे ।

मन्त्रीसहितको टोलीले बरजु तालमा नेपाली सेनाले गरिरहेको पुनःनिर्माणको कामलाई उच्च मूल्याङ्कन गर्ने समेत बताए ।

सेनाको काम प्रशंसनीय रहेको बताउँदै मन्त्री भण्डारीले आफू मातहतको मन्त्रालयबाट आवश्यक पर्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे । वरजु तालमा भइरहेका काम तथा भावी योजनाका बारेमा उनले जानकारी लिएका थिए ।