कार्तिक १०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्वत जिल्लाको विकास र स्थानीय समस्यालाई सरकारले ओझेलमा पर्न नदिने बताउनु भएको छ ।
बुधबार ने.क.पा. (माओवादी केन्द्र) पर्वतको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘पर्वत जिल्ला विकासका दृष्टिल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक १०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्वत जिल्लाको विकास र स्थानीय समस्यालाई सरकारले ओझेलमा पर्न नदिने बताउनु भएको छ ।
बुधबार ने.क.पा. (माओवादी केन्द्र) पर्वतको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘पर्वत जिल्ला विकासका दृष्टिल"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वत जिल्लाको विकासलाई ओझेलमा पर्न दिन्नँ, ‘प्रधानमन्त्री’

२०७३, १० कार्तिक बुधबार ११:३३

कार्तिक १०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्वत जिल्लाको विकास र स्थानीय समस्यालाई सरकारले ओझेलमा पर्न नदिने बताउनु भएको छ ।
बुधबार ने.क.पा. (माओवादी केन्द्र) पर्वतको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘पर्वत जिल्ला विकासका दृष्टिले ओझेलमा पर्ने गरेको तपाईहरुको भनाईमा गहिरो मर्म लुकेको छ । तपाईहरुले विभिन्न मन्त्रालयमा पेश गरेका योजनाहरुलाई सरकारले प्राथमिकतामा राख्नेछ । तपाईहरुले पारदर्शी रुपमा जनताको हितमा समर्पित भएर काम गर्नुहोला ।’
नयाँ सरकार गरीबको पक्षमा क्रियाशील रहेकोमा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘सरकारलाई गरीबको पक्षमा फर्काउन खोजिएको छ । गरीबका लागि सरकार कार्यक्रम यत्तिकै भनिएको होइन । हामी गरीबको पक्षमा राजनीति गरेर आएका हौं । विगतमा आफ्नो वर्गको सेवा गर्ने कुरामा हामी अलिकति चुकेका छौं । यसपटक वास्तविक गरीबहरुका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, सीपमूलक कामका लागि विशेष अभियान सञ्चालन गरिनेछ । यो अभियान गरीबहरुको सेवा गर्ने दीर्घकालीन र रणनीतिक योजना हुनेछ । गाउँ–गाउँमा बजेट र गरीबमूखी कार्यक्रम लगेर जनताको सेवा गरिनेछ ।’
प्रधानमन्त्रीले सरकार निर्वाचनमार्फत् देशमा संविधान कार्यान्वयन गर्ने गृहकार्यमा लागिरहेको जानकारी दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘स्थानीय तह पूनर्संरचना आयोगले छिटै प्रतिवेदन दिँदैछ । हामी संविधान संशोधनको अन्तिम तयारीमा छौं । विवादहरु घटेका छन्, राजनीतिक समझदारीको वातावरण सकारात्मक बन्दैछ । संविधान संशोधनपछि सरकारले चुनावको मिति घोषणा गर्नेछ । संविधान कार्यान्वयनको दायित्वप्रति सरकार पूर्ण इमान्दार र क्रियाशील छ ।’
भेटमा प्रधानमन्त्रीले नेपाल, भारत र चीनबीचको सम्बन्ध निकै सकारात्मक दिशामा अगाडि बढेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘प्रचण्डले देशको नेतृत्व गरेको कुरा कतिपयलाई मन परेको छैन । उनीहरुलाई प्रचण्ड रहुञ्जेल हाम्रो भविष्य छैन भन्ने डर पनि होला । त्यसैले उनीहरु देशकै हितमा गरिएका काम र महत्वपूर्ण उपलब्धिहरुको पनि गलत प्रचार गरिरहेका छन् । तर, मेरो नेतृत्वको सरकारले नेपाल, भारत र चीनबीच हार्दिक, मैत्रीपूर्ण एवं नेपालको विकासका लागि डाइनामिक पुल बन्ने गरी सम्बन्ध सुदृढ गर्दैछ । यो कुरा सामान्य होइन, नेपालकै सन्दर्भमा युगान्तकारी र ऐतिहासिक उपलब्धि हो ।’
भेटमा माओवादी केन्द्र पर्वतका नेत्रनाथ अधिकारी, कृष्ण पराजुली, दीपक आचार्य, मनरुपा सुवेदी, ढाकाराम गौतम लगायतका नेताहरुले पर्वतको विकासलाई उच्च प्राथमिकतामा राख्न, शहिद परिवारहरुलाई न्यायोचित क्षतिपूर्तिको व्यवस्था गर्न, विकास निर्माणलाई दुरदराजसम्म लैजाने व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन